धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले कृषकलाई कृषि उपजको उचित मूल्यको व्यवस्थाका लागि बजारको व्यवस्थापन गर्न सरकारले पहल गरिरहेको बताएकि छन्।
आज धनगढीमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्र्दै उनले तोकिएको मूल्यमा उत्पादित कृषि उपजको बजारीकरण गर्न सङ्घीय, प्रदेश र स्थानीय तहको सरकारको संयुक्त पहल जरुरी रहेको जानकारी दिइन्।
कृषि क्षेत्रको विकासका लागि प्रदेशका ८८वटै तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिएको जनाउँदै उहाँले भनिन् कृषि उत्पादन बढाउँदै यसको आयात प्रतिस्थापन गर्न जरुरी भइसकेको छ ।”
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले मुख्य खाद्यान्न बाली धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा रहेको बताउँदै नेपाली समाजमा धानको महत्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएको बताए।
मन्त्रालयका सचिव डा मदनसिंह धामी, प्रमुख जिल्ला अधिकारी किरण थापा र मुख्यमन्त्री एकीकृत नमूना गाउँका चन्द्रकिरण राना लगायतले धान दिवसको महत्व र उत्पादनका लागि गर्नुपर्ने प्रयासका बारेमा प्रकाश पारेका थिए।
सो अवसरमा सामूहिक रुपमा धान रोपाइँसमेत गरिएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्ला पछिल्ला केही वर्षदेखि धान र गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात भइरहेको छ । जिल्लामा हाल चैते धान बाली र वर्षे धान बाली गरेर दुई समयमा धानको खेती हुने गरेको छ ।
धानको उत्पादन र उत्पादकत्व बढाउन नयाँ नयाँ धानका जातको विकास भएको मात्र नभई खेती गर्न नयाँ प्रविधिसमेत भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रदेशका विभिन्न ठाउँलाई धानको जोन क्षेत्र घोषण गरी कृषि गतिविधि भइरहेका छन् ।
यस्तै प्रदेश तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमअन्तर्गत सञ्चालित मुख्यमन्त्री एकीकृत नमूना गाउँ कार्यक्रममार्फत धान, गहुँ लगाएका मुख्य बालीको खेतीमा कृषकलाई विभिन्न खालको सहयोग उपलब्ध गराउने गरिएको छ ।
प्रदेशमा सिँचाइको भरपर्दो सुविधा नहुँदा र समयमै रासायनिक मल नपाउँदा भने धान र गहुँ बालीको खेती गर्नमा कृषकले समस्या झेल्दै आएका छन् । सिँचाइको सुविधाको अभावमा आकासे पानीमा निर्भर रहनु पर्दा प्रदेशमा असार १५ सम्म धान बालीको खेती गरिने झन्डै ६० प्रतिशत क्षेत्रफलको जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।
प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुन्छ ।
प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: