Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पर्वतमा एक वर्षमा ३ सय उद्योग थपिए

खबरडबली संवाददाता

पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९  नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र २३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् ।

कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्षमा नै रु।२२ लाख ९० हजार राजश्वसमेत सङ्कलन गरेको छ । कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालु आर्थिक वर्षमा नेपालमा नै कम मात्रामा सञ्चालन भएका केराबाट धागो उत्पादन गर्ने गरी कुश्मा नगरपालिका–१ मा धागो उत्पादन उद्योग दर्ता भएको छ भने आयतलाई विस्थापन गर्ने गरी पानी उद्योग लगायतका विभिन्न उत्पादनमूलक उद्योग पनि दर्ता भएका छन् । 

यस वर्ष पर्यटनमूलक उद्योगहरु पनि दर्ता भई सञ्चालनमा आएको अधिकारीले बताए  । पछिल्लो समय प्रदेश सरकारले कोभिडका कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आर्थिक वर्षमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए  । प्रदेश सरकारबाट प्राइभेट फार्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनि बढ्दै गएका  हुन् ।

‘नागरिक आयआर्जनमूलक क्षेत्रमा आफैँ सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्,” उनले भने, “आयतलाई नै विस्थापन गर्ने गरी जिल्लामा उद्योग दर्ता हुने क्रम बढ्दै खुशीको कुरा हो ।” उनले उत्पादन तथा पर्यटनमूलक उद्योग सञ्चालनका कारण जिल्लाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने जिकिर गर्नुभयो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies