Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा

खबरडबली संवाददाता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार अबुधाबी पुगेका छन्। 

अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन्। उनको गत मे १३ मा निधन भएको थियो । 

जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गरेका थिए। 

उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ । युएइका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन्। 

नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई समेत दिएका छन्। उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन्। 

अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो । मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए। 

भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गरेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जनाइएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending