Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताएका छन्। विधेयक अघि बढाउने सन्दर्भमा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटकपटक छलफल गरिरहेका छन्।
 
राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने, “नागकिरता विधेयक धेरै दिनसम्म सदनमा नरहोस्, चाँडो पास भएर जाओस्, नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्न सकियोस् भन्ने नै सरकारको सत्प्रयास रहेको छ ।”

नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागकिरले प्राप्त गर्ने मौलिक अधिकारको व्यवस्था गर्न लागिएको पनि उनले जानकारी दिए। गृहमन्त्रीका अनुसार बैंक खाता, अध्ययन, सिमकार्ड, आयोगका विज्ञापनमा दरखास्त दिन पाउने सवारी अनुमतिपत्र लिन, सवारी साधन खरिद गर्न, मुद्दा मालिला, प्यान लिन, व्यावसाय दर्ता, जन्मदर्ता रोजगारीलगायत सुविधाहरू प्राप्त गर्नका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको छ । 

नागरिकता प्राप्त गर्न वञ्चित रहेको अवस्थामा विधेयक पास नहुँदासम्म सरकारले आदेश जारी गरेर आवश्यक सुविधाका लागि गृहले कानुन मन्त्रालयमा यससम्बन्धी मस्यौंदा पेश गरेको जानकारी दिँदै उनले यसले चाँडै नै आकार लिनेमा आफू विश्वस्थ रहेको बताए।

गृहमन्त्री खाणले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गरिएको र पूर्व तयारी, उद्धार, राहत तथा पुनःस्थापनका लागि आवश्यक कम शुरु गरिएको जानकारी दिए । हवाई उद्धारमा सेनालाई तयारी अवस्थामा राखिएको तथा विपद् न्यूनीकरण र क्षति भएको स्थानमा उद्धार तथा राहतमा विशेष ध्यान रहेको बताए। उनले विगत केही वर्षदेखि बाढीबाट हुने मृत्युको सङ्ख्या घटे पनि पहिरोबाट हुने क्षति नघटेको उल्लेख गरे।
 
गृहमन्त्री खाणले भुँइचालोका कारणले पहाडी क्षेत्र हल्लिएको र सानो पानीले नै पहाडमा पहिरो खस्ने घटना दोहोरिएको बताए। 

पछिल्लो पटक संयुक्त उद्धार टोली खडा गरेर राखिएको छ । कुल ६० जना गोताखोर समेत तयार गरिएको र सातै प्रदेशमा राखिएको तथा सेनाले पनि विपद् प्रशिक्षण चलाइरहेको गृहमन्त्रीले जानकारी दिए।

सशस्त्र प्रहरीले चितवनको कुरिनटारमा विपद् व्यवस्थापनमा केन्द्र स्थापना गरेको उहाँले जानकारी गराए। नारायणगढ–मुग्लिनमा बढी, पहिरो जाने भएकाले फोर्स तैनाथ गरेर राखिएको तथा इटहरी, सुर्खेतलगायत विभन्नि भूभागमा विपद् हेलिकप्टरसहित आवश्यक तयारी गरेको जानकारी दिए।

उनले मुलुकका कारागारमा आठ प्रतिशत लागूपदार्थका दोषी रहनु विडम्बना भएको र यसलाई कसरी घटनाउने तथा लागूऔषध दुरुपयोग कसरी घटनाउने भन्नेमा सरकारको ध्यान रहेको बताए। मन्त्री खाणले भने, “उनीहरूलाई बन्दीको रुपमा नहेरी बाटो बिराएका नागरिकको रूपमा हेरेर स्वास्थ्य मन्त्रालयमार्फत राख्ने विषयमा राख्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए।
 
अस्मिता र निर्मला मृत्यु प्रकरणमा अनुसन्धान जारी

गृहमन्त्री खाणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिनुभएको छ । असार २ गते कोभिड–१९ को खोपसहितको सामग्रीसहित हिँडेकी धामी सामुदायिक वन नजिकको खोल्सामा असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनले प्रयोग गर्ने मोबाइल घटनास्थल केही पर फेला परेको थियो । उक्त घटना के कसरी भएको हो भन्ने विषयमा खोजी कार्य जारी रहेको उनले बताए।
 
यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । गृहमन्त्री खाणले डिएनए परीक्षण गरेर नै अनुसन्धान जारी राखिएको स्पष्ट पारे। 
 
आजको बैठकमा सांसदहरू खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, सुरेश आले मगर, देवेन्द्र दाहाल र सोनाम गेल्जेन शेर्पाले गृहमन्त्री खाणसमक्ष पुरक प्रश्न राखेक थिए । उहाँहरूका प्रश्नको जवाफमा गृहमन्त्री खाणले नेपालमा आएर बसेका शरणार्थीहरुको जीवन यापन सहज र मानवअधिकार रक्षामा सरकार गम्भीर रहेको बताए।

सङ्घ र प्रदेशगत सुरक्षाका विषयमा उठेका प्रश्नमा गृहमन्त्री खाणले नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीलाई सङ्घ र प्रदेश प्रहरीको रुपमा विभाजन गरिएको जानकारी दिनुभयो । पछिल्लो पटक सङ्घीय राजधानी काठमाडौँलाई सङ्घीय प्रहरीले नै सुरक्षाको जिम्मा लिने भन्ने विश्वमा अभ्यास रहेको उल्लेख गर्दै मन्त्री खाणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता औँल्याए । उनले सिमित साधनश्रोतबाट धेरै सेवा दिने कसरी भन्नेमा नै बढी ध्यान गएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending