Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रामकुमारी झाँक्रीको प्रष्टीकरण : पार्टी चलाउन सरकारी योजना बेच्न सकिनँ

नेता कार्यकर्ताले मागेका मनपरी योजनामा बजेट नदिँदा आक्रमण भएको खुलासा

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री आइतबारदेखि सिंहदरबारबाट बाहिरिएकी छन्।

गत जेठ २२ गतेको समाजवादी सचिवालय निर्णयअनुसार उनी बाहिरिएकी हुन्। 

उनी मन्त्रालय छाड्ने बेलामा आयोजित पत्रकार सम्मेलनका रोइन्। त्यसको चौतर्फि टिकाटिप्पणी भइरहेको छ। 

मन्त्रालयबाट झाँक्री बाहिरिदै गर्दा उनको सचिवालयमा नियुक्ति पाएकी भनिएकी पत्रकार कान्ति न्यौपानेले सबैभन्दा पहिले आफूले ६र७ महिनाको पारिश्रमिक नपाएको भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिन्। 

यसरी रामकुमारीमाथि प्रश्न उठाउनेमा एकजना हुन् एकीकृत समाजवादकै केन्द्रीय सदस्य हुम्लाका हस्त शाही। 

'कुनै बेला रामकुमारी झाँक्रीलाई प्रशंसा  गर्ने आमयुवा, विद्यार्थीले सामाजिक सञ्जालमा घृणा गरेको देख्दा ुकला कतै यस्तो नहोस् कि कविता नै गायब होस् । शृंगार कतै यस्तो नहोस् कि युवती नै गायब होस' उनले सामाजिक सञ्जालमा रामकुमारीको फोटो राखेर भनेका छन्।

मन्त्री छाड्नेबित्तिकै पार्टीभित्रैबाट पनि आफूमाथिको आक्रमणविरूद्ध झाँक्री अहिले सामाजिक सञ्जालमा भिडिरहेकी छन्। 

उनले उनै हस्त शाहीलाई पनि जवाफ फर्काउँदै कानुनतः गर्न नमिल्ने र दिन नमिल्ने योजनाका फाइलमा आफूले हस्ताक्षर नगरेको बताएकी छन्। 

'...तपाईसमेतले मागेका काम मैले गर्न सकिनँ। गर्न मिल्दैनथ्यो', उनले भनेकी छन्, 'किनकि म सार्वजनिक जिम्मेवारी लिएर केही रिफर्मका काम गर्न गएको थिएँ।'

उनले आफूलाई पार्टी चलाउने पैसाका लागिसमेत दबाव आएको खुलासा गरेकी छन्।

'मैले पार्टी चलाउन योजना बेच्न सकिन। यो मलाई थाहा छ' उनले अगाडि भनेकी छन्। उनले समाजवादीका नेता कार्यकर्ताले मागेका मनपरी योजनामा बजेट नदिँदा सुरुबाटै आक्रमण भएको पनि खुलासा गरेकी छन्।

उनले अहिले उठेको सबै कुरा कुरा पार्टीमा पनि उठाउने बताएकी छन्।

फेशबुकमा लेखेकी छन्

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्रसहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौं र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट  मिलाएर तलव खुवाउनु  राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्यो तर तलव कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन।

मैले पाउने  दुईजना ड्राइभर गाडी चलाउनु पर्यो, दुईजना सहयोगी मेरो परिवारका लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एकजनाको तलव पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुईजना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो।

त्यसैले मैले मंसिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ। पहिलो कुरा तलब दिने ठाउँ छैन, दोश्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस्, मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी, त्यसैले उनलाई मैले निकाल्नु पर्यो।

कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन कि, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आजसम्मको कामका लागि धन्यवाद! अब मलाई सहयोग गर्न आउनु पर्दैन भनेको थिएँ।

मैले त एक महिना पनि सहयोग गरेको पाइनँ। उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीका नाममा तलव माग्न मिल्छ? म बसुन्जेल मेरो काम गरेको विवरण लिएर आउनुस्, म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेराविरूद्ध फेसबुकमा स्टाटस लेखेवापत तलव कसरी दिने?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending