Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नारी पुरस्कार तथा सम्मान प्रदान

खबरडबली संवाददाता

काठमाडौँ । नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ ।

नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरेकी हुन्  ।

वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा  विशिष्ठ योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । 

त्यसैगरी सो कार्यक्रममा उक्त प्रतिष्ठनबाट प्रदान गरिने ‘स्रष्ट विशेष सम्मान’ स्रष्टा रुकु कार्कीलाई र ‘मातृभूमि मायादेवी पुरस्कार’ गीता खत्रीलाई प्रदान गरिएको थियो । मायादेवी मातृभूमि पुरस्कार स्रष्टा रुकु कार्कीले आफ्नी आमा मायादेवीको स्मृतिमा स्थापना गरेकी हुन् ।

नेपाली साहित्य क्षेत्रमा निरन्तररूपमा लाग्ने नारी प्रतिभाहरूमध्येबाट स्रस्टाद्वय कार्की र खत्रीलाई यी पुरस्कार प्रदान गरिएको नारी साहित्य प्रतिष्ठान नेपालले जनाएको छ । यी पुरस्कारमा नगद राशिसहित सम्मानपत्र रहेको छ ।

सो कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कलाकार एवं स्रष्टाहरूको सम्मान गर्ने संस्कारले उनीहरुलाई आफ्ना क्षेत्रमा निरन्तररूपमा लाग्न प्रेरणा मिल्ने धारणा राख्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताइन् ।

प्रतिष्ठनका अध्यक्ष कार्कीले नेपाली साहित्य क्षेत्रमा लागिरहेका नारीहरूलाई आगामी दिनमा पनि निरन्तररूपमा लाग्न प्रोत्साहित गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतिष्ठानले बर्सेनि पुरस्कार तथा सम्मान प्रदान गर्ने गरेको जानकारी दिइन् ।

सो कार्यक्रममा साहित्यकार डा रामप्रसाद ज्ञवाली, रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व डा शर्मा, खत्री र कार्कीलगायतले नेपाली साहित्य क्षेत्रका विविध विषयमा धारणा राखेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: