Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

वर्षमानको चेतावनी : कांग्रेसले चलाखी गरे गठबन्धन टुट्छ, ओलीसँग एकता हुँदैन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् । 

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

उनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा  चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’ 

नेता पुनले काँग्रेसको चलाखीका बाबजुद अझै पनि काँग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा  चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भए पनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वेच्छाचारी ओली प्रवृत्तिका कारण बाम गठबन्धन अहिले सम्भावना नभएको बताए।

स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending