Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएपछि हामिले विद्रोह गरेका हौ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उनले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको बताए।

कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको पक्षमा जनतालाई सङ्गठित गर्ने हुँदा राष्ट्रियताको संरक्षणमा विदेशी शक्तिका सामू नझुकेकै कारण देशमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उनको भनाइ छ ।

पाँचदलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट कार्य न्यायोचित रुपमा हुन नसकेकाले नेकपा९एस०लाई उचित स्थान नदिइए पनि एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भएकाले अब बलियो सङ्गठन निर्माण गरी अगाडि बढनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको मूल्यवृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने बताउ । जारी बैठकमा अध्यक्ष नेपालले चौतीस पानाको प्रतिवेदन पेश गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक...

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा...

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बै...

नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसा...

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आ...

नेपाल ए र आयरल्याण्डबीचको सिरिजको नयाँ तालिका सार्बजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिर...

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ, यसको सामना गर्नुछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगा...

केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित स...

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।  अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies