Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

आफ्ना फौजलाई रणनीतिक शहर सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

विविसि

युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्।

रुसी फौजले लुहान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन खोजिरहँदा उक्त रणनीतिक महत्त्वको शहरमा हप्तौँदेखि बमबारी र लडाइँ भएका छन्।
यस युक्रेनी फिर्ती किन पनि महत्त्वपूर्ण छ भने यससँगै अब लिसिचान्स्क शहरबाहेक लुहान्स्कको सबै भाग रुसी नियन्त्रणमा पुग्नेछ।

आदेश
रुसी फौजले पछिल्ला दिनमा सेभेरोडोनेत्स्कलाई लगभग घेरा हालिसकेका  थिए र उनीहरूको निशानामा त्यसछेउको लिसिचान्स्क शहर समेत छ।

लुहान्स्क क्षेत्रका प्रमुख सेर्हेई हाइडाईले युक्रेनी टेलिभिजनमा बोल्दै "महिनौँदेखि लगातार बमबारी भइरहेको ठाउँमा अडिग हुनुको कुनै अर्थ नरहेको" बताएका छन्।

गभर्नर हाइडाईले भने, "उनीहरूलाई नयाँ ठाउँमा आड लिन र त्यहाँबाट लडाइँ जारी राख्न निर्देशन दिइएको छ।"
राष्ट्रपति पुटिनको खास प्राथमिकतामा रहेको लुहान्स्क पूर्वी युक्रेनमा मुख्य रूपमा रुसी भाषा बोलिने क्षेत्र हो।

त्यो कस्तो क्षेत्र हो?
डोनेट्स्कसँग लुहान्स्क मिल्दा त्यस पूरै भेगलाई डोनबास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो।

सन् २०१४ यता त्यो रुसी साथ पाएको पृथकतावादी अभियानको केन्द्रमा छ।
भ्लादिमिर पुटिनले गलत रूपले डोनबासमा रुसी भाषीहरूलाई नरसंहार गर्ने गरिएको दाबी गर्ने गर्छन्।

त्यसैलाई उनले युक्रेन अतिक्रमणपछाडिको एउटा मुख्य कारण बताउने गरेका छन्।

क्षति
त्यसैगरी युक्रेनले समेत मस्कोलाई आफ्ना नागरिकहरूमाथि जथाभावी बमबारी र गोलाबारी गरेर नरसंहार मच्चाएको आरोप लगाएको छ।
गभर्नर हाइडाईले यतिखेर सेभेरोडोनेट्स्क शहरको पूर्वाधार पूर्ण रूपले ध्वस्त भएको बताउँदै ९० प्रतिशत घरमा बमबारी भएको र तीमध्ये ८० प्रतिशतमा गम्भीर क्षति पुगेको बताएका छन्।  

युद्ध सुरु हुनुअघि उक्त शहरको जनसङ्ख्या झण्डै १ लाख थियो।

त्यहाँ अझै सयौँ मानिसहरू एउटा विशाल रासायनिक कारखानामा आश्रय लिइरहेका छन्।

विविसि नेपालीबाट

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies