काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् ।
उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा स् अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए।
उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए। हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मकरुपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिकरुपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुनेगरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...
बैशाख १ गते, २०८३ - १३:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...
बैशाख १ गते, २०८३ - १२:३९
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...


प्रतिकृया लेख्नुहोस्: