वीरगञ्ज । मधेश प्रदेश र बागमती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा कठीनाई हुँदै आएको छ । कार्यालयमा हाल ११ जना कर्मचारी हँुदा सेवाप्रवाहमा कठीनाई हँुदै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले जानकारी दिए ।
उक्त कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तर्गत चितवन तथा मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ । उक्त कार्यालयको काम आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका फर्म दर्ता, नवीकरण, बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका छन् । यद्यपि कार्य क्षेत्र ठूलो छ कर्मचारी निकै कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिए ।
कर्मचारीको अभावमा सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन् । थोरै जनशक्ति छ काम धैरे छन् । निमित्त कार्यालय प्रमुख यादवले भने, “ कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ,जनशक्ति अभावमा काम गर्न कठीनाई छ ।”
हाल कार्यालयमा शाखा अधिकृत एक, नायब सुब्बा दुई , खरिदार एक , कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी दुई र एक सरसफाइकर्मी छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज, धनगढी, र भैरहवामा मातहातका कार्यालय रहेका छन् ।
सेवाग्राहीको कामलाई पर्सा प्रशासनद्वारा समय थप
सेवाग्राहीको चापलाई मध्यननजर गदै जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समय थप गरेको जनाएको छ । पासपोर्ट (राहदानी) र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि जिल्ला प्रशासन कार्यालय पर्साले समय थप गरेको हो । ती दुवै सेवाका लागि सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजेसम्म कार्यालय सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८० - २२:०७
काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...
जेष्ठ १९ गते, २०८० - २२:०१
जुम्ला । जिल्लामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सु...
जेष्ठ १९ गते, २०८० - २०:३०
इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ...
जेष्ठ १९ गते, २०८० - २०:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनले केहीदिन अघि विवाह गरेर जापान गएको बुझिएको छ । उनले...
जेष्ठ १९ गते, २०८० - १९:२४
काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठकले १३ जना केन्द्रीय सदस्य थपेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठक १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय ...
जेष्ठ १९ गते, २०८० - १९:११
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै जनाको बयान सकिएको छ । शुक्रबार तीन जनाको बयान लिएसँगै सबैको बयान सकिएको जिल्ला सरकारी ...
जेष्ठ १९ गते, २०८० - १८:३३
काठमाडौं । म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रद...
जेष्ठ १९ गते, २०८० - १८:३०
काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्...
जेष्ठ १९ गते, २०८० - १८:२७
काठमाडौं । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस...
जेष्ठ १९ गते, २०८० - १८:१८
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ...
प्रतिकृया लेख्नुहोस्: