काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका सङ्गठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ ।
मुलुकमा रहेका शोषित, श्रमिक, सिमान्तकृत तथा राज्यका मूलधारमा आउन नसकेका जनताले भोगिरहेको असमानता, शोषण, वर्गीय विभेदको अन्त्य गरी राजनीतिक पहुँच, आर्थिक तथा राजनीतिक समानताका माध्यमबाट सामाजिक रुपान्तण गर्न समाजवादको महत्व रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त मुखपत्र प्रकाशन गर्न लागिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।
मानव विकास र सामाजिक कल्याणलाई प्राथमिकतामा राख्ने आदर्शका रुपमा समाजवादलाई लिएको छ । राजनीति र आर्थिक शक्तिको व्यापक विकेन्द्रीकरण गर्न समाजवादको माध्यमबाट सकिने सन्देश मुखपत्रमा समावेश गरिनेछ ।
संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख’ भनेर लेखिएपछि विभिन्न दलले यसको व्याख्या तथा विश्लेषण फरकफरक रुपमा गरेको पाइन्छ । उत्पादनको स्रोत र साधनमा सामूहिक नियन्त्रण गरी समाजको हितमा प्रयोग गरिने उक्त अर्थ व्यवस्थालाई राष्ट्रिय रुपमा बहस समेत गर्न थालिएको छ । तत्कालीन नेकपा (एमाले)बाट विभाजन भएपछि विसं २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको नेकपा (एस) प्रतिनिधिसभामा चौथो ठूलो दलका रुपमा स्थापित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १४:२४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...
चैत्र १० गते, २०८२ - १४:१६
२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ
चैत्र १० गते, २०८२ - १४:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...
चैत्र १० गते, २०८२ - १३:१०
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...
चैत्र १० गते, २०८२ - १३:०३
स्याङ्जा। स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ...
चैत्र १० गते, २०८२ - १२:५०
कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका(२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाल...
चैत्र १० गते, २०८२ - १२:००
काठमाडौँ । रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन...


प्रतिकृया लेख्नुहोस्: