Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मूल्यवृद्धि गर्नुपर्दा सरकारलाई पनि पीडाबोध भइरहेको छः मन्त्री बडू

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा समय लिएर बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मकस्थित निगमसामु देखिएको बताए ।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा भएको तथा इन्डियन आयल कर्पोरेशन ९आइओसी० लाई २२ अर्ब बक्यौता रहेको सदनलाई जानकारी दिए। 

सर्वसाधारणले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युत्को खपत बढाउन विद्युत् महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने तथा बढी विद्युत् प्रयोग गर्ने उद्योगलाई विद्युत महसुलमा छुट दिने नीति लिइएको मन्त्री बडूको भनाइ छ । 

उनले पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा बुद्धिमतापूर्वक प्रयोगका लागि सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रमको कार्यान्वयनमा तथा पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तामा आग्रहसमेत गरे। “ मूल्यवृद्धि बाध्यात्मक अवस्था हो । सरकार जनतालाई परेको पीरमर्काप्रति संवेदनशील छ”, उनले भने, “मूल्यवृद्धि गर्नुपर्दा सरकारलाई पनि पीडाबोध भइरहेको छ ।”

निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रामा बिक्री गरी घाटा पु¥याएको र केही व्यापारीलाई अनुचित फाइदा पु¥याएको भनी सांसदले उठाउनु भएको सन्दर्भमा निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलियम पदार्थको बिक्रीसम्बन्धी परम्पराअनुरुप नै बिक्री गरिएको र निगमको कुनै पनि निगमको डिपो खाली नगरी बिक्री गरिएको मन्त्री बडूले स्पष्ट पारे । उनले कसैलाई नाफा अथवा कसैलाई घाटा हुने हिसाबले नभई कानुनी र नीतिगत व्यवस्थाअनुरुप मूल्य निर्धारण तथा बिक्री हुने बताए। 

पछिल्लो समय रुस—युक्रेन युद्धका कारण सिर्जना भएको विश्व ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समयमा बढेरै आइरहेको जनाउँदै मन्त्री बडूले निगमले आफू घाटामा रही कारोबार कार्य गरिरहेको बताए। 

अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया निगमले विगतदेखि नै अवलम्बन गर्दै आइरहेको विषय भएको उहाँले जनाए। मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले घटाइसकिएको सदनलाई जनाए । 

सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउन नीतिगत निर्णय भइसकेको जानकारी दिँदै मन्त्री बडूले चालु आवको बजेटमार्फत पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कायार्लयबाट एलपी ग्यासको प्रयोग हटाएर वैकल्पिक उपाय अवलम्बन गर्ने नीतिगत व्यवस्था गरिएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending