Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

पूर्वोत्तर भारतमा बाढीका कारण कैयौँको मृत्यु र लाखौँ विस्थापित

टापुजस्तो बने घर, घरमै फसेका पीडित भन्छन् : खानेकुरा छैन, तीन दिनदेखि भोकै छौँ

खबरडबली संवाददाता

काठमाडौं ।  'जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन' शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन्।

उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन्।

उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो। तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे।

घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उनी बताउँछिन्। दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ।

टापुजस्तो बने घर

उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ।

'हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ। खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु' चौधरी भन्छिन्।

अब हामीलाई के हुने हो?

बाढी

अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन्।

अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन्।

उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन्। भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ।

त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो।

उद्धार शिविर

आसाममा सरकारले विस्थापितका लागि १,१४७ वटा राहत शिविर खोलेको छ। तर अधिकारीहरूले तीव्र वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको बताएका छन्।

उद्धार गरेर राखिनेहरूका लागि बनाइएका शिविरको अवस्था पनि दयनीय छ।

उडियानाकी हुस्ना बेगमले भनिन्, 'शिविरमा पिउने पानी छैन। मेरो छोरालाई ज्वरो आएको छ, तर म डाक्टरकहाँ लान असमर्थ छु।'

गत बुधवार उनको घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना सहायताको खोजीमा बाढीको पानीमा पौडिएर बाहिर निस्किएकी हुन्।

बाढी

उनी अहिले आफ्ना दुई छोराछोरीसहित पालमुनि बसिरहेकी छिन्।

'मैले मेरो जीवनमा यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ' उनी भन्छिन्।

बाढीले नियमित रूपमा ब्रह्मपुत्र नदीको उर्वर किनारमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनलाई विनाश गरिदिन्छ।

उक्त नदी क्षेत्रलाई प्रायः आसमको जीवन रेखा भन्ने गरिन्छ। तर विज्ञहरू जलवायु परिवर्तन, अनियन्त्रित निर्माणकार्य र तीव्र औद्योगिकीकरण जस्ता कारणले चरम मौसमी घटना हुने क्रम बढाएको बताउँछन्।

यो वर्ष आसाममा यस्तो भीषण बाढी आएको यो दोस्रो पटक हो।गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान लिएको थियो।

ठूलो वर्षा

उक्त राज्यमा यो महिना औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ।

त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ। स्थानीयवासी र अधिकारीहरूले बीबीसीले पछिल्लो बाढीलाई एकदमै खतरनाकमध्ये एक भएको बताएका छन्।

उनीहरूका भनाइमा बाढीले उक्त राज्यको सामाजिक र आर्थिक बनावटलाई नै परिवर्तन गरिदिएको छ।

रङ्गिया सहरका सब-डिभिजनल अधिकृत जाविर राहुल सुरेश भन्छन्, 'यस पटक अवस्था विशेष रूपमा डरलाग्दो छ। हामीले उद्धार कार्यमा मद्दत गर्न न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) बाहेक सेनालाई पनि तैनाथ गरेका छौँ।'

बाढी

'यसबेला हाम्रो प्राथमिकता जीवन बचाउनु हो।' पूरै बस्तीहरू पानीले डुबेको छन् र ठूलो नदीजस्ता देखिन्छन्।

आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटीका नजिकका क्षेत्रहरू पनि भग्नावशेषमा परिणत भएका छन्।

धान फल्ने रमणीय खेतहरू माटो र भग्नावशेषहरूबाट निस्किएका सामानहरूले पुरिएका छन्। उडियानामा कुनै विद्यालय, अस्पताल, मन्दिर वा मस्जिदहरू देखिदैँनन् त्यहाँ केवल पानी मात्र देखिन्छ।

मानिसहरू केराको पात र बाँसको डण्डीबाट बनेको डुङ्गाबाट यात्रा गरिरहेका छन्। कतिपय बाढीको पानीमा निराश भएर पौडी खेल्छन्।

उद्धारकर्ताहरू देख्दा उनीहरूको मुहार उज्ज्यालो हुन्छ।

घरमै फसेका पीडित

विशेषगरी कामरूप जिल्लाको क्षति विनाशकारी रहेको छ र त्यहाँ सयौँ मानिसहरू अझै पनि घरमा फसेका छन्।

चौसठ्ठी वर्षीय सिराज अलीका अनुसार पानीले आफ्नो गाउँका सबै कुरा ध्वस्त पारेको थियो र उनलाई आफ्नो ज्यानको डर छ।

तर पनि उनी आफ्नो सामान र "जीवन रक्षा"का लागि आंशिक रूपमा पानीमा डुबेको घरमा बस्न बाध्य छन्।

बाढी

उनले आफ्ना छोराछोरीलाई सडक छेउको आश्रय शिविरमा पठाएका छन्। आफू चाहिँ मद्दतको पर्खाइमा छन् तर अहिलेसम्म कोही आएका छैनन् ।

उनले गहभरि आँसु पार्दै भने, 'पानीले घेरिएको छु तर पिउनलाई पानी छैन, खानेकुरा छैन, म तीन दिनदेखि भोकै छु, के गर्ने र कहाँ जाने?'

अधिकारीहरूले पनि आफूहरूले हरेक पीडितलाई पर्याप्त मात्रामा पिउने पानी र खानेकुरा उपलब्ध गराउन नसकेको स्वीकार्छन्।

'अहिले पनि पूर्ण रूपमा सम्पर्क विच्छेद भएका कतिपय इलाकामा पुग्न हामीले कठिनाइको सामना गरिरहेका छौँ। त्यहाँसम्म पुग्नका लागि हाम्रा सडकहरू डुबेका छन्' सुरेश भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...

शीर्ष नेताहरू को कति सुरक्षित?

काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...

तीन एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...

बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...

तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE