Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले संसद्‌मा गुमाए बहुमत

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिमा पुन: निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्‌को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन्।

उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ।

त्यसले गर्दा फ्रेन्च राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ।

वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन्।

राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ।

राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो।

प्रधानमन्त्री बोर्नले फ्रेन्च टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन्।

उनले भनिन्, "हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका खतरालाई ध्यान दिने हो भने यो अवस्थाले हाम्रो देशका लागि जोखिमको प्रतिनिधित्व गर्दछ।"

"हामी भोलिदेखि नै बहुमत पुर्‍याउनका लागि काम गर्नेछौँ।"

अति वामपन्थी नेता जोन-लुक मेलन्सनले मुख्यधाराका दलहरूलाई आफ्नो बृहत्तर गठबन्धनमा ल्याउने सफलतामा रमाइरहेका छन्।

उनले समर्थकहरूलाई राष्ट्रपतिको पार्टी पूर्ण रूपमा पराजित भएको बताए। राष्ट्रपति निर्वाचनमा माक्रोँको प्रतिस्पर्धी रहेको ल पेन पनि खुसीको मुद्रामा छन्।

उनले जनताले माक्रोँको साहसिक कार्य समाप्त भयो भनेको र उनलाई अल्पसङ्ख्यक सरकारको नेतृत्व गर्न पठाइदिएको बताइन्।

आफूहरूले सोचे जति आफ्नो मत नघटेकाले दक्षिणपन्थी रिपब्लिकनहरू पनि खुसी छन्।

माक्रोँले यसअघिको संसद्‌मा ३०० भन्दा बढी सिट पाएका थिए र गत एप्रिलमा भएको राष्ट्रपति चुनावमा पेनलाई पराजित गरेका थिए।

स्पष्ट बहुमत कायम राख्न उनलाई २८९ सिट आवश्यक पर्छ, तर उनको गठबन्धनले २४५ सिट ल्याउने देखिएको छ।

टीएफवान् टीभीका अनुसार मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने जस्तो देखिएको छ भने अति दक्षिणपन्थी न्याशनल र्‍याली पार्टीले ८ सिटबाट बढाएर ८५ देखि ९० पुर्‍याउने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending