Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

काठमाडौंको नीति तथा कार्यक्रमः ‘जनतासँग मेयर’ कार्यक्रमदेखि लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नेसम्म (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी)लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

यस्ता छन् काठमाडौं महानगरका नीति तथा कार्यक्रम
–काठमाडौंको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गरिने
–स्वच्छ र पर्यावरणीय सहर बनाउने 
–जनतासँग प्रत्यक्ष जोडिनेगरी वडाको स्तरोन्नती र सुधार गरिने
–सडक सञ्जाल, खानेपानी ढलको सुव्यवस्थापन गरिने
–विपी कोइराला मेमोरियल ट्रस्ट अनुसन्धान केन्द्र भवन निर्माणका लागि ३ करोड, मदन भण्डारी मेमोरियल कलेज निर्माणका लागि ५ करोड, नेशनल हेल्थ चाइल्ड केयर अस्पताल भवन निर्माणका लागि ४ करोड, क्षेत्रपाटी निःशुल्क अस्पताल निर्माणका लागि ५ करोड रुपैयाँको व्यवस्था गरिने
–भगिनी सम्बन्ध कायम भएका डडेल्धुरा अमरगढी र धनकुटाको पाख्रीबासको पर्यटन विकास एवं विस्तारका लागि १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगको व्यवस्था गरिने
–मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि क्रमशः २ करोड ५० लाख र ५० लाख उपलब्ध गराइने
–काठमाडौं महानगरलाई साक्षर महानगर घोषणा गरिने
–महानगरभित्रका हस्पिटल, क्लिनिक तथा स्वास्थ्य चौकीहरुलाई सहरी स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने
–अग्रणी होटल पर्यटन तथा भोजनालयहरूलाई प्राविधिक सहयोग गर्ने
–पूर्वाधार एम्बुलेन्सलाई निरन्तरता दिने र आवश्यक सामाग्रीको व्यवस्था गर्ने
–सार्वजनिक यातायातका प्रतिक्षालयहरुमा परम्परागत फल्चाको व्यवस्था गरिने
–महानगरपालिकाभित्र डबली तथा एम्पी थिएटरहरूको निर्माण गरिने
–विश्व सम्पदा सूचीमा परेका महानगरभित्रका मठमन्दिर तथा स्तुपा, चैत्यहरुलाई संक्षण र प्रवद्र्धन गरिने
–काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन केन्द्रको रुपमा विकास गरिने
–परम्परागत धार्मिक तथा एैतिहासिक धरोहरलाई नेपाल भाषामार्फत नामकरण गरिने
–नेवारी उत्पादनको पेय पदार्थलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने
–महानगरपालिका भित्रका सबै कार्यालयहरूमा सीसीटीभीको व्यवस्था गरिने
–हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम राखी जनसरोकारका विषयमा संवाद गरिने
राजस्व तथा वित्त व्यवस्थापनतर्फ 
–महानगरभित्र कर प्रणालीलाई सहज, पारदर्शी र वैज्ञानिक बनाउँदै सुविधाजनक बनाइने
–करदाताको विद्युतीय लगत राख्न छुट्दै एपको विकास गरिने
–घरजग्गा कारोबारका लागि कम्पनीको व्यवस्था गरिने
–करका दरलाई परिमार्जन गरिने
–कर संकलनका लागि अनलाइन प्रणालीमा थप सुधार गरिने
–विज्ञापन, होडिङ बोर्ड लगायतका प्रचारप्रसार सामग्रीहरुको साइज र स्थानलाई व्यवस्थित गरिने
–महानगरपालिका भित्र  बहुतलीय भवनहरूको करको दर परिमार्जन गरिने
–स्वदेशी तथा विदेशी चलचित्र निर्माणका लागि अनुदानको व्यवस्था गरिने
–विदाका दिन समेत कर कार्यालय खुल्ला गर्ने व्यवस्था गर्ने
–पार्किङ्गलाई व्यवस्थित गरिने
–जीपीएस ट्याकिङ्ग सहितको सीसीटीभीको व्यवस्था गरिने
–महानगरभित्र भर्टिकल पार्किङको व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहन
–खुल्लामञ्च नजिकै रहेको जग्गामा रिभर्स बोरिक सहितको अन्डर पार्किङको अध्ययन गरिने
–फुटपाथमा पस हटाउने
–नमुनाका रुपमा सहरका केही स्थानमा महानगरको आफ्नै मार्ट खोल्ने
–जेष्ठ नागरिक मिलन केन्द्र बनाइने
–काठमाडौं महानगरभित्र रहेका पूर्ण सशक्त ‘क’ वर्गका लागि दिँदै आएको मासिक ३ हजार रूपैयाँलाई बढाएर ६ हजार रुपैयाँ प्रदान गर्ने
–अपाङ्गमैत्री बैंक, एटिएमको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिने
खेलकुद
–खुल्ला व्यायामशाला एरोब्रिक्स, योग तथा आवश्यक खेलको विकास गरिने
–बैंक तथा वित्तीय संस्थाहरुलाई सीएसआरको पैसा खेल विकासमा लगानी गर्न प्रोत्साहन गरिने
–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूसँग सहकार्य गरि खेलको आयोजनाहरु गरिने
–अन्तरनगर खेलकुद कार्यक्रम सञ्चालन गरिने
–सन्ध्याकालीन खेलका लागि लाइटको व्यवस्था 
सीप विकास तथा उद्यमशिलता प्रवद्र्धन
–मूर्तिकला, काठकला, धातुकला, बाजा निर्माणको सीपको व्यवस्था गरिने
–उद्योग तथा उद्यमीलाई प्राविधिक सहयोगका साथै कर छुट, सहुलियत प्रदान गरिने
–स्थानीय उत्पादनलाई महानगर भित्रकै सपिङ्ग सेन्टर डिपार्टमेन्ट स्टोरहरूमा बिक्री वितरणको व्यवस्था गरिने
–रात्रिकालिन व्यवसायलाई सुरक्षित र मर्यादित राखी व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गरिने
सहकारी सम्वन्धी नीति
–सहकारी संस्था दर्ता नवीकरण कार्यलाई विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइने 
–बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम व्यवस्थापनका लागि सहकारीको अनुगमन नियमन गर्न छुट्दै संयन्त्रको विकास गरि परिचालन गरिने
–सहकारी संस्थाहरुको संस्थागत विकास विस्तार एवं सुधारका लागि ई–सहकारी कार्यक्रम ल्याइने
हाल भएका कार्यहरु
–आवधिक योजनाको मस्यौदा तयार
–६ वटा सहकारीको एकीकरण
–नेपाल भाषाको जगेर्नाका लागि ८ कक्षासम्म पठनपाठनको व्यवस्थापन
–कोभिड–१९ को उपचार,स्वास्थ्य सुरक्षा लगायत तीब्र सुव्यवस्थापनका लागि कल सेन्टर स्थापना
–२०७८ असार मसान्तसम्म ७५ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई मेयर विशेष मासिक १२ हजार रुपैयाँको निरन्तरता
–सार्वजनिक क्षेत्रमा २५ वटा पार्क, १६.५२ सडक कालोपत्र, १.९८ किलोमिटर सडक ढलान, ७१८ वर्ग मिटर ढुंगा छाप्ने कार्य, ४.३९ ब्लक छाप्ने, ३. ढल राख्ने कार्य १.७६ किलोमिटर रेटेलिरिङ्ग वाल निर्माण गरिएको

 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending