काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कुनै सैन्य सहयोग नभएको बताएको छ। नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालसँग यस्तो कुनै पनि प्रस्ताव नगरिएको दाबीसमेत गरेको छ।
अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले बुधबार दूतावासमा बिफ्रिङ गर्दै एसपिपीमा १० बुँदे सहमति नगरिएको र नेपाललाई सहभागी हुन दबाब नदिएको बताए।
उनले भूकम्पपछि नेपालले दुई पटक एसपिपीमा सहभागिताका लागि पत्राचार गरेको बताए। उनले एसपिपीमा सहभागी हुने नेपालको अनुरोधलाई अमेरिकाले स्वीकार गरेर कोभिड महामारीमा सहयोगसमेत गरेको बताए।
‘एसपिपी कुनै सम्झौता होइन, प्रस्तावित सम्झौताको डकुमेन्ट फेक हो,’ कार्यवाहक राजदूत मिकलरले भने, ‘नेपालले खोजेको सहयोगमा अमेरिकाका राज्यहरूसँग पार्टनरसिप गर्न सकिने भन्ने मात्रै हो, यसमा अमेरिकाले सन् २०१९ मै स्वीकृती दिइसकेको छ।’
उनले स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन नेपालले दुई पटक पत्राचार गरेको वताए। अमेरिकी दूतावासका अनुसार अमेरिकाका राज्यहरूसँग विश्वका ९३ देश पार्टनरसिप प्रोगाममा सहभागी भइसकेका छन्।
दूतावासले एसपिपीमा सहभागी हुने नहुने निर्णय नेपालले गर्ने र सहभागी हुन दूतावासले कुनै दबाब नदिएको उल्लेख गरेको छ। राजदूत र्याण्डी बेरी बिदामा भएकाले कार्यवाहक राजदूतले एसपिपीबारे बिफ्रिङ गरेको दूतावासले जनाएको छ।
नेपाली सेनाले पनि विज्ञप्ति जारी गर्दै एसपिपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सरकारसँग नगरेको बताएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले सम्झौता गर्ने कुनै प्रक्रियासमेत नभएको जानकारी दिएको छ।
सेनाको विज्ञप्तिमा नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा नेपाली सेना प्रष्ट र सचेत रहेको जानकारी गराएको छ।
अमेरिकी कार्यवाहक राजदूतले पत्रकार सम्मेलन गरेर एसपिपी सैन्य गठबन्धन नभएको बताएलगत्तै सेनाले एसपिपीबारे नेपाली सेनासँग जोडेर आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: