Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

टीकापुरको नदी तटीय क्षेत्रमा कटानको जोखिम

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् । वर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ ।

कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टिकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । शाहीपुरमा यस वर्ष ६० प्रतिशत तटबन्धको काम सकिएका कारण केही राहत मिल्ने स्थानीयवासी बताउँछन् । 

रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ । कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ ।

टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विगत वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकपाुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्शनले काम सम्पन्न गर्न सकेको छैन । अहिलेसम्म ५० प्रतिशत मात्र काम गरेको बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद बताउछन् । 

“समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । हुलाकी सडकको कामले तीव्रता पाएको भए तल्लो क्षेत्र जोगिने थियो ।” 

कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । भङ्गालाबाट बस्तीमा बाढी पस्ने खतरा कायमै रहेको साउदको भनाइ छ । बाढी र कटानले गत वर्ष सयौँ बिघा जमिनमा लगाएको धानबाली नष्ट गरेको थियो । खेती स्याहार्ने बेला गत वर्ष कात्तिक २ गते आएको बाढीले धान नष्ट भएका किसान यस वर्ष वर्षा नजिकिएपछि तनावमा छन् । 

गत वर्ष बाढीबाट खेती गुमाएका किसानले यस वर्ष करिब १५० बिघा जमिनमा धान छरेका छन् । बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका  श्यामलाल चौधरीले बताए । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धानखेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उनले भने, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु ? बाढीको भर छैन ।”

चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । टीकापुर–८ का अधिकांश किसानले धान छरिसकेका छन् । कैलालीमा सिँचाइ सुविधा र नदी नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अहिलेसम्म कर्णाली नदीमा २६ किलोमिटर तटबन्धको काम गरेको छ । आयोजनाले अहिले चार ठाउँमा साढे दुई किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ । यसका साथै वर्षात्मा भङ्गालो भएर, पानी सहतमाथि आएर जोखिम हुनसक्ने केही ठाउँमा तत्काल नियन्त्रणको कामका लागि बोलपत्र आह्वान गरेको छ । 

आयोजनाका सूचना अधिकारी प्रेम लासिवा तटबन्धको काम सुरु गर्दा नदी बर्दियातर्फ बगिरहेको र अहिले कैलालीतर्फ फैलिएकाले समस्या भइरहेको बताउछन्। “आयोजनाले तटबन्धको काम सुरु गर्दा नदी अर्को धार बनाएर बगिरहेको थियो, त्यहीअनुसार योजना बनाएर तटबन्धको काम सुरु भयो”, उनी भन्छन्, “अहिले नदी अर्कोतर्फ बगिरहेको छ । यसले समस्या भएको छ । आयोजनाले आवश्यक भएका ठाउँमा तटबन्धको काम गर्दै आएको छ ।”

स्थानीय तहले जोखिम ख्याल नगरी गरेको ढुङ्गा र बालुवा उत्खननका कारण बस्ती असुरक्षित भएको र हाल तबटन्ध गर्दा ठूला ढुङ्गाको प्रयोग गरेर गर्न थालिएको छ । 

“हामी बर्सेनि तटबन्ध बढाउँदै लगेका छौँ तर स्थानीय तहले ठेक्का दिएर जथाभावी उत्खनन गराइरहेका छन्”, उनले भने , “अनावश्यक उत्खननले बस्ती जोखिममा परिरहेका छन् ।” आयोजनाले तटबन्ध निर्माणमा ढिलाइ गर्ने सिद्धीसाइ कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको छ । अन्य निर्माण कम्पनीलाई पनि समयमै काम सक्न ताकेता गरेको आयोजनाले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending