Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

टीकापुरको नदी तटीय क्षेत्रमा कटानको जोखिम

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् । वर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ ।

कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टिकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । शाहीपुरमा यस वर्ष ६० प्रतिशत तटबन्धको काम सकिएका कारण केही राहत मिल्ने स्थानीयवासी बताउँछन् । 

रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ । कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ ।

टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विगत वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकपाुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्शनले काम सम्पन्न गर्न सकेको छैन । अहिलेसम्म ५० प्रतिशत मात्र काम गरेको बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद बताउछन् । 

“समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । हुलाकी सडकको कामले तीव्रता पाएको भए तल्लो क्षेत्र जोगिने थियो ।” 

कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । भङ्गालाबाट बस्तीमा बाढी पस्ने खतरा कायमै रहेको साउदको भनाइ छ । बाढी र कटानले गत वर्ष सयौँ बिघा जमिनमा लगाएको धानबाली नष्ट गरेको थियो । खेती स्याहार्ने बेला गत वर्ष कात्तिक २ गते आएको बाढीले धान नष्ट भएका किसान यस वर्ष वर्षा नजिकिएपछि तनावमा छन् । 

गत वर्ष बाढीबाट खेती गुमाएका किसानले यस वर्ष करिब १५० बिघा जमिनमा धान छरेका छन् । बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका  श्यामलाल चौधरीले बताए । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धानखेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उनले भने, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु ? बाढीको भर छैन ।”

चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । टीकापुर–८ का अधिकांश किसानले धान छरिसकेका छन् । कैलालीमा सिँचाइ सुविधा र नदी नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अहिलेसम्म कर्णाली नदीमा २६ किलोमिटर तटबन्धको काम गरेको छ । आयोजनाले अहिले चार ठाउँमा साढे दुई किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ । यसका साथै वर्षात्मा भङ्गालो भएर, पानी सहतमाथि आएर जोखिम हुनसक्ने केही ठाउँमा तत्काल नियन्त्रणको कामका लागि बोलपत्र आह्वान गरेको छ । 

आयोजनाका सूचना अधिकारी प्रेम लासिवा तटबन्धको काम सुरु गर्दा नदी बर्दियातर्फ बगिरहेको र अहिले कैलालीतर्फ फैलिएकाले समस्या भइरहेको बताउछन्। “आयोजनाले तटबन्धको काम सुरु गर्दा नदी अर्को धार बनाएर बगिरहेको थियो, त्यहीअनुसार योजना बनाएर तटबन्धको काम सुरु भयो”, उनी भन्छन्, “अहिले नदी अर्कोतर्फ बगिरहेको छ । यसले समस्या भएको छ । आयोजनाले आवश्यक भएका ठाउँमा तटबन्धको काम गर्दै आएको छ ।”

स्थानीय तहले जोखिम ख्याल नगरी गरेको ढुङ्गा र बालुवा उत्खननका कारण बस्ती असुरक्षित भएको र हाल तबटन्ध गर्दा ठूला ढुङ्गाको प्रयोग गरेर गर्न थालिएको छ । 

“हामी बर्सेनि तटबन्ध बढाउँदै लगेका छौँ तर स्थानीय तहले ठेक्का दिएर जथाभावी उत्खनन गराइरहेका छन्”, उनले भने , “अनावश्यक उत्खननले बस्ती जोखिममा परिरहेका छन् ।” आयोजनाले तटबन्ध निर्माणमा ढिलाइ गर्ने सिद्धीसाइ कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको छ । अन्य निर्माण कम्पनीलाई पनि समयमै काम सक्न ताकेता गरेको आयोजनाले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending