Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माधव नेपालको माग

खबरडबली संवाददाता
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा परराष्ट्र नीति कार्यान्वयनसम्बन्धी भएको छलफलमा उहाँहरुले प्रधानमन्त्रीले गर्ने कुनै पनि भ्रमण अघि सबै दलसँग आवश्यक छलफल र परामर्श गर्दा उपयुक्त हुने धारणासमेत व्यक्त गरे।
 
बैठकमा समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा विगतदेखि नै भएका गतिविधि समीक्षा गरेर अघि बढ्नुपर्ने बताउँदै नीति कार्यान्वयनलगायत विषयका लागि राष्ट्रिय शक्तिका बीचमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए। 
 
भ्रमणका सम्बन्धमा समिति, संसद् र सम्पूर्ण देशलाई् जानकारी हुनुपर्ने बताउँदै यस विषयमा परराष्ट्रमन्त्रीको धारणा आवश्यक रहेको उल्लेख गर्नुभयो । परराष्ट्र नीति कार्यान्वयन गर्दा छिमेकी मुलुकलाई सशङ्कीत बनाउने काम गर्न नहुने उनको धारणा थियो ।
 
समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री डा भीम रावलले प्रधानमन्त्री देउवाको भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिमा आमन्त्रण गरेर स्पष्ट पार्नुपर्ने माग गरे । समिति सदस्य पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सबै दलसँग परामर्श गरेर एक बोलीका साथ जाँदा उपयुक्त हुने बताए। उननले कुनै छिमेकीलाई चिढाउने र कुनै छिमेकीलाई रिझाउने गरी पराराष्ट्र नीति कार्यान्वयन गर्न नहुनेमा जोड दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending