विराटनगर । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम आव २०७९र८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेश गरेका थिए ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताए । उनले बहुवर्षीय योजनामा विगतका सरकारले प्रयाप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै विगतका सरकारका कारण अहिले सरकारलाई रु २७ अर्बको आर्थिक भार बढेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलमा सहभागी प्रतिपक्षका सांसदहरूले विगतकै सरकारको कपी पेस्ट हो भन्नुु र यो नीति तथा कार्यक्रममा केही छैन भन्नु आफूले नबुझेको भन्दै मुख्यमन्त्री राईले छलफलमा उठेका सकारात्मक र राम्रा कुरा ग्रहण गर्ने उल्लेख गरे ।
उनले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको भने ।
विशेष समय
प्रमुख प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्कीले विगतका सरकारले प्रदेशको राजधानी कायम गरेको बताए । उनले प्रदेशको नामकरण संसद्मा प्रवेश गराउने समयमा कोरोनाको महामारी फैलिएको भन्दै प्रदेशको नामकरण गर्न आफ्नै संयोजकत्वमा कार्यदल बनेको जानकारी दिए । उनले सरकारले प्रदेशको नामकरण गराउन प्रदेशमा प्रस्ताव प्रवेश गराउनुपर्ने सुझाव दिँदै प्रदेशको नामकरणमा सरकारले उदासिनता देखाउन नहुने तर्क गरे ।
पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशवासीको साझा पहिचान देखाउने गरी प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्दै विराटनगरमा सयौँ बिघा जग्गा रहेको र यसैमा प्रदेश सरकारको संरचना बन्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरूले समयमै पुस्तक नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारले किसानको लागि मल, बीउविजन समयमै उपलब्ध गराउन माग गरे । उनले बैंकको चर्को ब्याज र आयातमा अप्ठ्याराहरू सिर्जना गरेर उद्योग र उद्योगी नफस्टाउने भन्दै वर्षातमा जनतालाई बाढीपहिरोबाट जोगाउन आवश्यक तयारी गर्नुपर्ने बताए ।
प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: