Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँ : गृहमन्त्री खाण

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। 

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन्।

उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौँ जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताए । 

“यो सडकखण्डमा वर्षेनी पहिरो जाने र नागरिकको जीउधनको क्षति हुने गरेको छ । यसले सडक सञ्जालमा गम्भीर अवरोध पु¥याउने गरेको छ”, उनले भने, “तपाईँहरू जिल्ला प्रमुख, सुरक्षा निकाय र सडक विभाग मिलेर व्यवस्थापनको काम गर्नुहोस् ।’’ 

उनले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशन दिए । मन्त्री खाणले सडक निर्माण गर्दै दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताए । 

हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए। 

नेपालको भू–बनोट र ठूला नदीका कारण पनि वर्षेनी बाढीपहिराको समस्या हुने गरेको मन्त्री खाणले बताए। सरकारले नागरिकको जीउधनको रक्षा पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले शान्ती सुरक्षा,अपराधिक घटना नियन्त्रण र सीमा सुरक्षाका काममा कुनै सम्झौता नहुने उल्लेख गरे। 

नेपालमा सनाठूला झण्डै छ हजार नदीनाला रहकाले यिनले पु¥याउन सक्ने क्षतिका विषयमा पनि सचेत बन्नुपर्ने मन्त्री खाणले बताए । उनले विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले उद्धारका काममा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा व्यक्त गरे। 

“घरबाट लामो यात्रा गर्दा मौसम कस्तो छ । त्यो दिन र अर्को दिनको जलवायुको अवस्था कस्तो छ । भारी वर्षात हुन्छ कि हुँदैन । हुन्छ भने कहाँ कहाँ पानी पर्छ? यात्रामा अफ्ठ्यारो पर्छ कि पर्दैन भन्ने आफैँले सोचेर हिँड्न उहाँले सबै नागरिकलाई सुझाव दिए। 

मौसमसम्बन्धी पूर्वानुमानबारे विश्वविद्यालय र स्कुलका विद्यार्थीलाई अध्ययन अध्यापन गराउन जरुरी रहेको धारणा राखे। उनले विपतको समयमा यात्र गरिएन भने मात्रै पनि ठूलो धनजनको क्षतिाबाट जोगिन सकिने बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending