Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अमेरिकी सेनाका उच्च अधिकारी भारत हुँदै अहिले नेपाल आउनुको कारण के हो ?

अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा भारतको भूमिका प्रमुख, चीन प्रतिस्पर्धी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा निस्किनुअघि अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने सैन्य मामिलाका विज्ञहरूले बताएका छन्।

अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर बिहीवार काठमाण्डू आइपुगेका हुन्।

चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ।

प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेको जानकारी सैनिक मुख्यालयले यसअघि नै दिइसकेको छ।

नेपाली सेनाको भनाइ के छ?

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जेनरल फ्लिन "सद्भावना भ्रमणमा" आउन लागेका हुन्।

एशिया प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उच्च अधिकारी रहेका उनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरू बताउँछन्।

यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ।

नेपाली सेनाका प्रवक्ता सिलवालका अनुसार फ्लिनले शुक्रवार जङ्गी अड्डाको भ्रमण गरी महत्त्वपूर्ण भेटवार्ताहरू गर्ने छन्।

त्यस क्रममा सैनिक मुख्यालय भद्रकालीमा उनलाई गार्ड अफ अनर अर्थात् सम्मान गारद दिने कार्यक्रम छ।

प्रधानसेनापति शर्मासँगको भेटपछि उनलाई नेपाली सेनाको अप्रेशनसम्बन्धी कार्यक्रमहरूबारे ब्रीफिङ गरिने छ।

शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ।

आइतवार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन्।

त्यहाँबाट फर्केर उनी काठमाण्डूको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ।

भ्रमणको अर्थ के?

कतिपय विश्लेषकहरूले जेनरल फ्लिनको भ्रमणलाई तीन सातापछि हुन लागेको नेपालका प्रधानसेनापतिको पेन्टागन भ्रमणसँग पनि जोडेर हेरेका छन्।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यात चीन अमेरिकाबीच बढ्दो प्रतिद्वन्द्विताका माझ बदलिँदो भूराजनीतिक परिवेशबारे आफ्नातर्फबाट विचारहरूको आदानप्रदान गर्न यी उच्चस्तरीय भ्रमणहरू हुन लागेको ठान्छन्।

उनले भने, "अहिले हुन लागेको अमेरिकी जेनरलको भ्रमण र हाम्रा प्रधानसेनापतिको भ्रमणमा बदलिँदो भूराजनीतिक वातावरणबारे पनि छलफल हुन्छ भन्ने मलाई लाग्छ। अमेरिकाले चीनलाई प्रतिस्पर्धीका रूपमा लिइरहेको छ। चीनको तिब्बतसँग सिमाना जोडिएको हिसाबले पनि भूराजनीतिक हिसाबले नेपाल महत्त्वपूर्ण रहेको त्यसै बुझ्न सकिन्छ।"

"अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा यो क्षेत्रमा भारतको प्रमुख भूमिका रहेको भनिएको छ र चीनलाई प्रतिस्पर्धीका रूपमा दर्शाइएकै छ। भारत हुँदै अमेरिकी सैनिक जेनरलको नेपाल भ्रमण हुनुले पनि केही साङ्केतिक अर्थ दिन्छ।"

उनले उच्च अमेरिकी सैनिक अधिकारीको भारत र नेपाल भ्रमणले द्विपक्षीय विषयबाहेक दक्षिण एशियामा चीनको प्रभावबारे जानकारी प्राप्त गर्ने मौका दिने पनि उल्लेख गरे।

दिल्ली वाशिङ्टन डीसीको एउटा प्रमुख रक्षा साझेदार हो।

इन्डो-प्यासिफिकअन्तर्गत क्वाड भनिने सुरक्षा गठबन्धनमा अस्ट्रेलिया, अमेरिका, जापान र भारत सम्मिलित छन्।

तर अहिले युक्रेनमाथि रुसी आक्रमणलाई हेर्ने दृष्टिकोणलाई लिएर अमेरिका र भारतबीच केही मतभिन्नता देखिएको छ।

विगतमा पनि यसरी दिल्ली हुँदै अमेरिकी सेनाका उच्च अधिकारीहरू नेपालको भ्रमणमा आएको पूर्वरथी बस्न्यात बताउँछन्।

"नेपाली सेना र नेपालको राजनीतिक तहबाट दुवैबाट निकट भविष्यमा अमेरिकामा उच्चस्तरीय भ्रमण हुने भनिएको छ। एशियाका दुई शक्तिशाली देशबीचको राष्ट्रका रूपमा हामीले अहिले देखिएको प्रतिद्वन्द्वी अवस्थालाई कसरी सन्तुलनमा राख्ने, हाम्रो सीमाहरू के-के हुन् भन्नेबारे कुराहरू आदानप्रदान गर्‍यौँ र हामीलाई फाइदा कसरी हुन्छ भन्ने तयारी भयो भने त्यसले नेपालको सैनिक क्षमता अभिवृद्धिमा मद्दत पुग्न जान्छ," उनले भने।

बुधवार नयाँदिल्लीमा बोल्दै फ्लिनले चीनले भारतसँगको सीमा क्षेत्र नजिकै पूर्वाधारहरू बनाइरहनु खतरनाक भएको टिप्पणी गरेको भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ।

नेपाली सेनाको महत्त्वपूर्ण साझेदार

नेपाली सेनाका अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवाल नेपाली सेना र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको बताउँछन्।

उनका अनुसार उच्च अमेरिकी सैनिक अधिकारीको भ्रमणलाई दुई देशका सेनाबीचको नियमित आदानप्रदानका रूपमा लिनुपर्छ।

उनले भने, "यस्तो खालको भ्रमणमा तालिम र सहयोगका नयाँ क्षेत्रहरूका विषयहरूमा छलफल हुन्छ। प्यासिफिक कमान्डअन्तर्गत हाम्रा सैनिक अधिकारीहरू अमेरिकाको हवाईमा तालिम लिन जाने गर्छन्। प्यासिफिक कमान्डका उच्च सैनिक अधिकारीहरूले नियमित रूपमा यस्तो भ्रमण गर्ने गर्छन्।"

कोरोनाभाइरसको महामारीका कारण नेपाल र अमेरिकाबीच सैनिक स्तरमा कतिपय उच्चस्तरीय भ्रमणहरू प्रभावित भएका थिए।

यसै वर्ष अमेरिकी संसद्ले अनुमोदन गरेको एउटा कानुनले सशस्त्र द्वन्द्वकालमा भएका मानवाधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह गर्ने भूमिकालाई निगरानीमा राख्ने अमेरिकी सरकारको नीतिलाई निरन्तरता दिएको थियो।

त्यस्ता घटनाको छानबिनमा गैरसैनिक न्यायिक निकायहरूलाई पूर्ण रूपमा सहयोग पुर्‍याइरहेको विषयलाई अमेरिकाले कतिपय सैन्य सहयोगका लागि एउटा ‍सर्त बनाएको थियो।

तर मानवीय तथा विपद् प्रतिकार्य र पुनर्निर्माण गतिविधि, अन्तर्राष्ट्रिय शान्ति अभियान, सैन्य व्यावसायिकीकरण तथा तालिम र सीमा सुरक्षा गतिविधिमा भने सहयोगलाई कायम राखिने जनाइएको थियो।

नेपाल र अमेरिकाबीच सैन्य सहयोग

काठमाण्डूस्थित अमेरिकी राजदूतावासका अनुसार हालैका दशकमा नेपाली सेनालाई अमेरिकी सरकारले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको सैन्य सहयोग उपलब्ध गराएको छ।

उक्त सहयोग नेपाली सेनाको शान्ति स्थापना सम्बन्धी जिम्मेवारी र विपद् प्रतिकार्यमा केन्द्रित रहेको बताइएको छ।

सन् २०१९ को डिसेम्बरमा अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा एम-२८ स्काई ट्रक हेलिकप्टरहरू उपलब्ध गराएको थियो भने नेपाललाई दिन लागिएका थप दुईवटा हेलिकप्टरहरू उत्पादनकै चरणमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाले उक्त सहयोगलाई नेपाललाई एकमुस्ट दिइएको सबैभन्दा ठूलो सुरक्षा सहयोगका रूपमा उल्लेख गर्दै आएको छ।

सन् २०१८ मा अमेरिकी सेनाको प्यासिफिक कमान्डले नेपाली सेनालाई एमसिक्स्टीन, एफोर र एमफोर कार्बाइन नामक अत्याधुनिक राइफलहरू विक्री गरेको जनाएको थियो।

त्यसबाहेक नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पूर्वाधार परियोजनाका लागि एक करोड डलरभन्दा बढी सहयोग उपलब्ध गराएको अमेरिकी भनाइ रहेको छ।

राष्ट्रसङ्घको शान्ति अभियानमा खटिने सैनिकहरूलाई तालिम उपलब्ध गराउने उक्त केन्द्रमा विभिन्न किसिमका तालिम र पूर्वाधार परियोजनाका लागि थप ८० लाख डलर अनुदान दिएको जनाएको छ।

नेपाल र अमेरिका दुवै देशका सेनाले विपद् व्यवस्थापनसहितका क्षेत्रमा संयुक्त सैन्य अभ्यास समेत गर्दै आएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending