Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

लगातारको वर्षाले तरकारी किसान आजित

रासस

महोत्तरी । नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको  चिन्ता बढेको हो  । 

गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला लहरा लतारेर सोतर बनाएको किसानको गुनासो छ । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् । महोत्तरीको तरकारी पकेट क्षेत्र मानिने भेगमा पाँच दिनयता भने दिनहुँ नै पानी पर्दै आएको छ ।

लगातार पानी परिरहँदा गोडमेल र उपचार नपाउँदा तरकारी पहँेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्न पाइएन”, जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादव भन्छन्, “गोडमेल नपाएपछि बारीभरि झार बढेको छ ।” 

बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । जेठभित्रै रोपी सक्नुपर्ने भदौरे तरकारीलाई अब ढिलो हुँदै गएको किसान बताउँछन् । “बारीमा पसी सक्नु छैन अहिले, पानीले माटो गालेको छ”, यादव भन्छन्, “जेठ सकिनै लाग्यो, खै यसपालि भदौरे तरकारी रोप्न पाइने छाँट छैन ।” 

लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला लहरा पहैँलिएर सुकेका छन् । खासमा वैशाख अन्तिम साता र जेठका साता नै पिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा–४ कै अर्का तरकारी किसान सरोज महतो बताउँछन्। 

महोत्तरीका बर्दिवास नगरपालिकाको चेरु, माइस्थान, सोनापेटी, ढुङ्ग्रे, भब्सी, चेरु, टुटेश्वर, बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । 

यी स्थानमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गालेर लहरा पहेँलिएका, चिचिला र फल पनि कलिलैमा चाउरिएका र चुँडिएर झरेका चेरुका परबल किसान वाणिकराज काफ्लेले बताए। कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्किएका काफ्ले अवकासप्राप्त सहसचिव हुन्। 

“भिरालो पाखो जग्गाको परवल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि १ तर, खेतका गरामा लगाइएको परवलको भने अब आस म¥यो”, काफ्लेले भने,  “म आफैँ विज्ञ हुँ, गोडमेल र उपचारको कुरामा जानकार छु, तर, प्रकृतिका अघि बस् चल्दो रहेन छ , परवल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसी सक्नु छैन, के को गोडमेल  के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवन गुजाराको पेसा बनाएका छन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई  अहिले लगातारको वर्षा नै पिरोलो बनेको छ । 

“खेत बारीमा भाण्टा, खोर्सानीका बोट र परवल, घिरौँला, झिमनी, रामतोरइ, करेला, फर्सी र लौकासहितका तरकारीका बेला पानीले गालेर सुक्दैछन्”, भङ्गाहा–४ पलारका तरकारी किसान सत्यनारायण चौधरी थारुले विरक्तिँदै भन्छन्, “बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि  घरगुजारा केले टार्ने होला?” 

जिल्लामा विभिन्न मौसमका गरी वर्षभरिमा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला, बलवा र मटिहानी नगरपालिका तरकारी बालीका उर्वर पकेटक्षेत्र मान्न्छिन् तर, पछिल्ला केही वर्षयता मौसमले साथ नदिँदा खेतीबाट अपेक्षित आम्दानी गर्न नसकेको किसानको भनाइ छ । बालीले मागेका बेला पानी नपाएर र नचाहिँदा मुसलधार पानी परेर उत्पादन हात लाग्न नसकेको किसान बताउँछन् । 

घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि वरदान हुनपर्नेमा राज्यको उदासिनताले ती बर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउँछन्। 

“खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो?” महतोले भने। आफूहरुको यो मर्का तीनै तहका सरकारले बुझी दिनपर्ने किसान बताउँछन् ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष नै किसानलाई राहत दिने बताए पनि ग्रामीण बस्तीका किसानले यो फाइदा लिन सकेका छैनन् । कुलो नहर नपुग्ने जग्गामा सिँचाइका वैकल्पिक उपायको अबलम्वन, कृषि बजारको वैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बिउबिजन, मल र उपकरण कृषि ज्याव सहज र सुलभ मूल्यमा पाउने व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ । 

जिल्लाका ग्रामीण बस्तीका किसान सरकारले दिने सुविधा बिना भेदभाव घरघरै पुग्नुपर्ने बताउँछन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending