Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

एउटा लडाइँ जसले पूर्वी युक्रेनमा युद्धको नतिजा 'निर्धारण गर्नेछ'

युद्धका कारण एक अर्ब ६० करोड मानिस प्रभावित भए : राष्ट्रसंघ

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन्।

"धेरै सन्दर्भमा डोन्बासको भाग्य तय भइरहेको छ," उनले भने।

उक्त औद्योगिक क्षेत्रमा रुसी र पृथकतावादीसँग युक्रेनी फौजको लडाइँ जारी रहेका बेला उनको उक्त भनाइ आएको हो।

उनले आफ्नो सेनाले "शत्रु सेना"लाई ठूलो क्षति पुर्‍याइरहेको बताए।

तर उक्त क्षेत्रमा उच्च युक्रेनी अधिकारीका अनुसार युक्रेनी सेना सहरको बाहिरी भागमा धकेलिएको छ।

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले रुसले "गोलाबारी र हवाई हमलाहरू गर्न थालेपछि" विशेष सैन्य बल फिर्ता भएको बताएका छन्।

"हाम्रो [फौज] ले फेरि सहरको बाहिरी भाग मात्र नियन्त्रण गरेको छ," उनले स्थानीय सञ्चारमाध्यमसँग भने।

"तर लडाइँ अझै जारी छ, हाम्रा [सैनिकहरू] ले सेभेरोडोनेट्स्कको रक्षा गरिरहेका छन्।"

"रुसीहरूले शहरलाई पूर्ण रूपमा नियन्त्रण गर्छन् भन्न असम्भव छ।"

करिब १५ हजार नागरिकहरू सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्कमा रहेको गभर्नरले बताएका छन्।

रुसले बुधवार युक्रेनले डोन्बासमा "जनशक्ति, हतियार र सैन्य उपकरणको उल्लेखनीय क्षति" भोगिरहेको बताएको थियो।

गत मार्चको अन्त्यमा युक्रेनको राजधानी किएभ वरपरको क्षेत्रबाट रुसी सेना फिर्ता भएपछि युद्धको केन्द्रबिन्दु पूर्वी क्षेत्र भएको छ।

सन् २०१४/१५ मा भएको लडाइँपछि डोन्बासको ठूलो भाग रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छ।

राष्ट्रसङ्का महासचिवको चेतावनी

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले रुसी आक्रमणले विश्वको अवस्था खराब भइरहेको चेतावनी दिएका छन्।

उनले उक्त युद्धका कारण एक अर्ब ६० करोड मानिसहरू प्रभावित भएको बताए।

"खाद्य सुरक्षा, ऊर्जा र वित्तिय क्षेत्रमा युद्धको प्रभाव प्रणालीगत, गम्भीर र तीव्र छ," उनले भने।

बीबीसी न्यूजसँगको अन्तर्वार्तामा विश्व व्यापार सङ्गठनकी महानिर्देशकले हस्तक्षेप नगरिए खाद्य सङ्कट वर्षौंसम्म रहनसक्ने चेतावनी दिएकी छन्।

उनका भनाइमा विशेषगरी अफ्रिकी देशहरू गहुँ र मलको अभावबाट प्रभावित हुन सक्छन्।

युद्धका कारण अहिले पनि लाखौँ टन अन्न युक्रेनी बन्दरगाहका गोदामहरूमा थन्किरहेका छन् र त्यो अन्नलाई निर्यात गर्नसक्ने अवस्था छैन।

पश्चिमा देशहरूले लगाएका विभिन्न प्रतिबन्ध, कम्पनीहरूको ठूलो सङ्ख्यामा पलायन र निर्यातमा आएको गिरावटका कारण रुसी अर्थतन्त्र यो वर्षको अन्त्यसम्ममा १५ प्रतिशत र आगामी वर्ष थप तीन प्रतिशतले सङ्कुचित हुने विश्व ब्याङ्किक विज्ञहरूको विश्वास छ।

युरोपले रुसी उर्जाबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्‍यो भने यो तथ्याङ्क अझै खराब हुनसक्ने कतिपयको चेतावनी छ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो।

राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि कम्तीमा ४ हजार २ सय ५३ सर्वसाधारणहरू मारिएका छन् भने ५ हजार १ सय ४१ जना घाइते भएका छन्।

त्यस्तै दुवै पक्षका हजारौँ लडाकुहरूले ज्यान गुमाएका छन् भने १४ लाख भन्दा बढी मानिसले आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending