Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनमुक्ती सेनाकाे क्याम्पमा प्रहरीकाे तालिमकेन्द्र

\"Plaनवलपरासी । नवलपरासीको रामनगरस्थित पुर्व जनमुक्ती सेनाकाे क्याम्प भएकाे ठाउँमा आजबाट नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको छ । प्लेन अपहरण, संसद्लगायत महत्वपुर्ण क्षेत्रको सुरक्षा, दैवी प्रकोपका बेला सुरक्षा मजबुत बनाउन जनशक्ति तयार गर्ने उद्देश्यले सो स्थानमा नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको हो । सो तालिम केन्द्रको एक कार्यक्रमबीच आज प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे । लामो समयसम्म प्रहरी प्रधान कार्यालयमा रहेको सो केन्द्र हालै नवलपरासी ल्याइएको थियो । त्यस्तै प्रहरी महानिरीक्षक अर्यालले हतियार हेन्डलिङ पहिलो समूहको तालिम पनि उद्घाटन गरे । तालिममा पाँचै विकास क्षेत्रका विभिन्न प्रहरी इकाइबाट दुईजना प्रहरी सहायक निरीक्षक, पाँचजना हवल्दार, ४३ जना प्रहरी जवान गरी ५० जना सहभागी रहने तालिममा नेपाल प्रहरीले प्रयोगमा ल्याएका सबै परम्परागत तथा आधुनिक हतियारसम्बन्धी प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले बताए । चौँतीस बिगाहा क्षेत्रफलमा फैलिएको उक्त तालिम केन्द्रको सो जग्गा २०७१ साल पुस १४ गते नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । तत्कालीन माओवादी लडाकु चौथो डिभिजनको सहायक शिविरको रुपमा रहेको उक्त स्थानमा नेपाल प्रहरीको महा विश्वविद्यालय (तालिम केन्द्र ) को औपचारिक शुभारम्भ गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending