काठमाडौं । स्थानीयवासीको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन ।
गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि फोहर व्यवस्थापन हुन नसकेको हो ।
सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ ।
मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन् । त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताए ।
केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।
सत्र वर्षअघि दुई वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको थियो । अहिले सिसडोलमा फोहर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ ।
उक्त दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पूर्णरूपमा सम्पन्न नभइसकेको भए पनि पहिलो सेलको काम सकिएकाले फोहर व्यवस्थापन गर्न थालिएको हो । विगत ११ दिनदेखि उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ भने आवतजावत गर्नसमेत समस्या भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...



प्रतिकृया लेख्नुहोस्: