महोत्तरी । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ ।
“असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।”
धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आफूहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा पानी परे पनि धानको बीउ नपाउँदा खेती गर्ने समय घर्कँदै छ ।
ढिलोमा आगामी असार तेस्रो हप्ता भित्र धानको बीउ रोप सकिए साउन तेस्रो हप्तासम्म खरुवन रोप गर्न सकिन्छ । जिल्लामा धानको बीउ रोप गाँजिएपछि त्यसैलाई उखेलेर अर्को रोप गरिन्छ । यसलाई ‘खरुवन’ रोप भनिन्छ । बीउ रोपको भन्दा खरुवन रोपको धानको बाला पोटिलो लाग्ने र उत्पादन बढी हुने किसानको अनुभव छ ।
“खेतीको तालिका केही काम लागेन”, बर्दिबास–९ पशुपतिनगरका नथुनी महतो भन्छन्, “पुराना रैथाने धान मासिदा दुःख पाइयो ।”
पुरानो रैथाने धान लाउन छाडेपछि विकासे जातका धानमा भर परिएको र त्यसको बीउ समयमै नपाउँदा खेती लगाउन नपाइएको किसानको दुखेसो छ । “तीन तहको सरकार छ, हाम्रो मर्का बुझ्ने कोही भएनन्”, महतोले भने।
जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धानखेती गरिन्छ । सिँचाइको प्रबन्ध नहुनु, समयमा प्रामाणिक (कृषि मन्त्रालयले सिफारिस गरेका) धानको बीउ उपलब्ध नहुनु र रासायनिक मल नपाउँदा समयमा खेती लगाउन नपाइएको भङ्गाहा–४ का सत्यनारायण यादव बताउँछन्।
धान जिल्लाको मुख्य अन्नबाली मानिन्छ । मुख्यबाली नै समयमा लगाउन नपाएपछि किसानको पिरोलो बढेको छ । जिल्लाका १५ स्थानीय तहमा कुनैले पनि व्यवस्थित कृषि शाखा सञ्चालन गरेका छैनन् ।
भङ्गाहा–४ पलारका चौठी बाँतर खेतीका लागि आवश्यक सामग्रीको अभाव र कृषि जनशक्ति खेतीहर मजदुर भारततिर जान थालेपछि किसानले खेती छाड्दै गएको बताउँछन्।
यो क्रम बढ्दै गए उर्वर जग्गा बाँझो बस्ने र अन्नको सङ्कट बढ्दै उनको भनाइ छ । किसानलाई वैकल्पिक सिँचाइ प्रबन्धका लागि इनार, पम्पसेट, बोरिङजस्ता सुविधा दिनुपर्छ । सबै स्थानीय तहले कृषि शाखा व्यवस्थित गर्नुपर्ने किसानको माग छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: