Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

पार्टीभित्रै 'विद्रोह' सामना गर्दा पनि ब्रिटिश प्रधानमन्त्रीलाई विश्वासको मत

खबरडबली संवाददाता

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्।

उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ।

कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए।

जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई "निर्णायक" भनेका छन्।

उत्साहित स्वरमा उनले उक्त नतिजा "धेरै राम्रो" र "विश्वस्त" भएको बताए। यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ।

आलोचकहरूले भने उनी विरुद्धको विद्रोहको मात्राले जोनसनको अधिकार खुम्चिएको बताएका छन्।

केहीले उनलाई राजीनामा दिन पनि आह्वान गरेका छन्।

जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो।

त्यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो।

लेबर पार्टीका नेता किअर स्टारमरले "विभाजित" कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर "सम्हालिन खोजेको" बताएका छन्।

लिबरल डेमोक्र्याट नेता एड डेभीले जोनसन सत्तामा अडिग रहँदा "उनको प्रतिष्ठा ध्वस्त भएको र उनको अख्तियार अब पूर्ण रूपमा बन्द भएको" बताएका छन्।

डाउनिङ स्ट्रीटले उक्त नतिजाले "प्रधानमन्त्रीको जनादेशलाई नवीकरण गर्ने" र सरकारलाई "मतदाताले सरोकार राख्ने मुद्दामा निरन्तर ध्यान केन्द्रित गर्न" अनुमति दिने बताएको छ।

टोरी सांसद र वेल्श सेक्रेटरी साइमन हर्टले बीबीसीलाई प्रधानमन्त्रीले "प्रमाणित गर्नुपर्ने धेरै" भएको तर नतिजा "अत्यन्तै निर्णायक" भएको बताए।

जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए।

कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रीटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान भएको हो।

मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।

ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो।

त्यति बेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।

सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै मदिरा पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई 'आफ्नो लागि आफैँ मदीरा लिएर आउनुस्' भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तात्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।

प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरेका थिए। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending