Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

हवाई सेवा नियमित नहुँदा सिजनमै ढुवानी भएन निर्माण सामग्री, काम ठप्प

खबरडबली संवाददाता

हुम्ला । हुम्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा नियमित नहुँदा निर्माण सामग्री ढुवानी ठप्प भएको छ । निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट उडान नभर्दा सिजनको समयमा ठेकेदार कम्पनीलाई काम गर्न थप समस्या बनाएको छ । 

सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिकालाई हुम्ला निर्माण व्यवसाय सङ्घले आग्रहसमेत गरेको छ । एक मात्र हवाई मार्ग भएकाले र चार महिनादेखि जहाज नचलेकाले निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी हुन नसकेको हो । 

असार मसान्त नजिकै आउन लाग्दा निर्माण सम्पन्न हुन लागेका योजना समस्यामा परेको हुम्ला निर्माण व्यवसायी सङ्घका सचिव बुद्ध रोकायाले बताउनुभयो । हुम्ला निर्माण व्यवसायी सङ्घले जिल्लाभित्र सञ्चालन भएका निर्माण कार्य निर्माण व्यवसायीको काबुभन्दा बाहिर भएकाले समयमै सम्पन्न नहुने देखिएको भन्दै आयोजनाका समस्या बुझी सम्बन्धित निकायमा पहल गरिदिन गाउँपालिकालाई आग्रह गरेको छ । 

नेपालगञ्ज र सुर्खेतमा रोकिएका निर्माण सामग्री जहाजबाट सिमकोटमा भित्र्याउन कोसिस गरे पनि सबै निजी कम्पनीका जहाज पूर्वमा उडान भरेपछि समस्या भएको हो । नेपालगञ्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निर्माणका सामग्री ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन । सहरीय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिँचाइका पाइपलगायत सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ महिनापछि धकेलिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ओसार्नुपर्ने बाध्यता छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending