म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा बदमासी भएको छ ।
म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको हो । डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौताविपरित ठूला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीयवासी मोतिराज गौतमले बताए ।
“जेठ २१ गते रातिको समयमा ढलान गरिएका थियो”, उनले भने “फर्मा निकालेपछि हेर्न जाँदा गिट्टीको ठाउँमा ठूला ढुङ्गा हालेकाले पर्खालमा प्वालै प्वाल परेको भेटियो ।” निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले पर्खाल निर्माणमा बदमासी गर्न खोजिएकाले छानविन गरेर गुणस्तर परीक्षण र पुनःनिर्माण गर्नुपर्ने बताए ।
दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन गाउँपालिकाको रु एक करोडभन्दा बढी लगानीमा दुई प्याकेजमा पक्की पर्खाल निर्माण भइरहेको छ । गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ठेक्का लिएको पर्खाल निर्माणमा बदमासी भएको स्थानीयवासीले बताएका छन् ।
सो कम्पनीले ४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न गत वर्ष रु ५६ लाखमा ठेक्का लिएको थियो । गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएकाले यसपाली पूर्णता दिन ठेक्काको म्याद थपिएको हो ।
यस वर्ष विनियोजन भएको रु एक करोड बजेटको काम प्रतिस्पर्धामार्फत कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु ६४ लाखमा ठेक्का लिएको थियो । सो ठेक्काअन्तरगत ५६ मिटर लामो र सात मिटर पक्की पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत वर्ष निर्माणाधिन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले निर्माणाधिन पर्खालको अनुगमन गरि ठुलो आकारको गिट्टी राखेका कारण ढलान बिग्रीएको पाइएको बताए ।
विग्रिएको खण्ड भत्काएर नयाँ ढलाल गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रशासकीय अधिकृत काफ्लेले बताए । करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: