काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका छन् ।
बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उनले यस क्षेत्रको आर्थिक साझेदारी प्रवद्र्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका हुन् । प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकाङ्क्षा पूरा गर्न सङ्गठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गरे ।
उनले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको सदियौँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताएका छन् । त्यस्तै, बडापत्रमा हस्ताक्षर, महत्वपूर्ण कानुनी औँजारको अवलम्बन, सहयोगका क्षेत्र र उपक्षेत्रहरूको पुनर्संरचनासहित पाँचौँ शिखर सम्मेलनले शान्ति, समृद्ध र दिगो बङ्गालको खाडी क्षेत्रका लागि सहकार्य र साझेदारीको स्पष्ट सन्देश दोहो¥याएको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले यी उपकरणहरूको समयबद्ध कार्यान्वयनले पक्कै पनि बिमस्टेक प्रक्रियालाई नयाँ गति दिने बताएका छन् ।
त्यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेक प्रक्रियालाई पुनरुत्थान गर्न र यस वर्षलाई नयाँ सङ्कल्प, ठोस् कार्य र ठोस् नतिजासहितको महत्वपूर्ण वार्षिकोत्सव बनाउन राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताएका छन् ।
उनले सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबाट सुरु भएको संस्थागत सुदृढीकरणको पहल हालै कोलम्बोमा सम्पन्न पाँचौं शिखर सम्मेलनमा परिणत भएको बताउँदै शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए । बिमस्टेकले सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई सुदृढ गर्न थप फड्को मार्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री खड्काले क्षेत्रीय प्रक्रियामा रचनात्मक योगदान गर्ने नेपालको प्रतिबद्धता दोहोर्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: