Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल

खबरडबली संवाददाता

काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो  । 

आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पु¥याउनु पर्नेमा जोड दिए। निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग सदैव साथ रहने प्रतिबद्धतासमेत उनले जनाए। गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए। व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

कूल रु १५ करोड २४ लाख ३६ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना  पराजुली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए। विसं २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने  क्षमता रहने समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। 

नेपालभरका अन्य खानेपानी आयोजनामध्ये  १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको थियो । साना ठूला गरी चार योजना तथा आयोजनाबाट सङ्कलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २६०० बढी निजी धारा जडान गरी पानी वितरण हुँदैे छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending