Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक : वरिष्ठ नेता पौडेल

खबरडबली संवाददाता
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको आज निरीक्षण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको सभागृहको वरिष्ठ नेता पौडेलले निरीक्षण गरेको हो । वरिष्ठ नेता पौडेलले सभागृहको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएका छन्
 
वरिष्ठ नेता पौडेलले सभागृह आसपास रहेको खाली जग्गामा उद्यान निर्माणका लागि चासो व्यक्त गरेका छन् । सभागृहको बाहिरपट्टि रहेको ठाउँमा हरियाली उद्यान, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण गर्नुपर्नेमा पौडेलले जोड दिए। “दमौलीको सौन्दर्यकरणका लागि पनि हरियाली पार्क आवश्यक छ, प्रशासन कार्यालयको पुरानो भवन भत्काएर पानीको फोहोरासहितको पार्क बनाउनुपर्छ”, पौडेलले भने । 
 
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले सभागृह बाहिरको ठाउँमा वृक्षरोपणका लागि वन कार्यालयले सहयोग गर्ने बताए । निरीक्षणमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी थिए । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । 
 
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५।५ चौडाइको हुनेछ । (
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद आरेन राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। लामो ...

ई–पासपोर्ट छपाइमा लागत वृद्धि र अनियमितताको आशंका, सांसदहरुले गरे छानबिनको माग

काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि तथा सम्भावित आर्थिक अनियमितताका विषयमा संघीय संसद्को सार्वजनिक लेखा...

चुनपहिरोको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपाल...

निजगढ पुगेर गृहमन्त्री गुरुङले गरे मिटरब्याज पीडितसँग संवाद

जनकपुरधाम । जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेट गरी उनीहरूका म...

पाँच किलो मल लिन पाँच घण्टा लाइन

सुलीकोट। गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ । किसानलाई पाँच किलो मल लिनका लागि पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भए...

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending