Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

युवराजको तीन वटा बजेटमाथि जनार्दनको एउटै भारी !

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट प्रस्तुत गरिसकेका छन्। करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहेका अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताबाहेक सबैले प्रशंशा गरेका छन् ।

ताजा जनादेशमा जानुअघि सार्वजनिक भएको बजेटलाई सबैले महत्वका साथ हेरेका थिए । अर्थमन्त्री शर्माले बित्तीय अनुशाशन कायम गर्ने, दबाबमा रहेको अर्थतन्त्रलाई उकास्ने, आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने र नेपाली जनताले अपेक्षा गरेको समृद्ध मुलुक निर्माणको अभियानमा प्रस्थान गर्ने गरी बजेट सार्वजनिक गरेका छन् । 

अर्थमन्त्री शर्माले जनमुखी बजेट सार्वजनिक गरेपछि धेरैले यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडालाई बाध्यतावश सम्झेका छन् । खतिवडाले पदबहाली गर्दै गर्दा मुलुकले सबैभन्दा ‘काबिल’ अर्थमन्त्री पाएको हल्ला फिजाइएको थियो । तर, उनले लगातार तीन पटकसम्म बजेट सार्वजनिक गर्दा मुलुकको अर्थव्यवस्था सुधार हुनुको सट्टा बिग्रन थालेपछि तत्कालिन सरकारले उनलाई १९ भदौ, ०७७ मा राजिनामा गर्न बाध्य बनाएको थियो ।

पञ्चायतकाल यता महेश आचार्यपछि लगातार तीन वटा बजेट सार्वजनिक गर्ने दोस्रो अर्थमन्त्रीको परिचय बनाएका युवराज खतिवडाले देशको अर्थतन्त्र सुधार्नुको सट्टा बिगारेको अपजस लिएर बाहिरिए । खतिवडाले तीन वटा बजेट ल्याउँदा पनि लयमा ल्याउन नसकेको अर्थतन्त्रलाई बर्तमान अर्थमन्त्री जनार्दन शर्माको पहिलो र एउटै बजेटले अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर बनाउने बलियो आधार खडा गरेको छ ।

आर्थिक बर्ष ०७९/८० को बजेट सार्वजनिक भएपछि खतिवडाले यसअघि ल्याएका तीन वटा बजेटमाथी जनार्दन शर्माको एउटै बजेट भारी परेको टिप्पणी समेत हुन थालेको छ । बिज्ञहरुले यसका लागि केही ठोस आधारहरु पनि पेश गरेका छन् । तीन पटकसम्म लगातार बजेट सार्वजनिक गर्दा खतिवडासँग रेमिट्यान्स र आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादनसँग जोड्ने सुनौलो अवसर थियो तर तीन वटा बजेटमा उनले उत्पादनमुखी कुनै कार्यक्रम ल्याएनन् । यसको सट्टा रेमिट्यान्स, आयातले धानेको राजस्व र छिटफुट रुपमा आउने बिदेशी लगानीमा खतिवडा निर्भर रहेका थिए ।

उनको कार्यकालमा अर्थतन्त्रलाई नयाँ गति दिने र आफ्नो दीर्घकालिन छाप छाड्ने कुनै नयाँ कार्यक्रम दिन सकेनन् । जनार्दन शर्मा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री भएकै बेला मुलुकमा लोडसेडिङ अन्त्य भएको थियो । लोडसेडिङ अन्त्य भएपछि नेपालको औद्योगिक क्षेत्रले फड्को पार्नुपर्ने थियो तर खतिवडाले बजेटमा औद्योगिक क्षेत्रलाई पर्याप्त ‘स्पेस’  दिने कुनै कार्यक्रम नल्याउँदा मुलुकको औद्योगिक क्षेत्रले कुनै पनि छालाङ मार्न सकेन ।

बिपक्षीसहित सत्ता पक्षकै सांसदहरुले खतिवडाको बजेट र कार्यशैलीलाई लिएर चर्को आलोचना गर्न थालेपछि उनले सांसदहरुलाई खुसी बनाउन ‘संसद विकास कोष’ को रकम २ करोड रुपैयाँबाट दोस्रो बजेटमा ६ करोड रुपैयाँ पु¥याएका थिए । तर, त्यसको कार्यान्वयन गर्ने केही नीतिगत समस्याका कारण संसदहरु नै उनीप्रति थप रुष्ट बनेका थिए ।

खतिवडाले १५ जेठ, ०७७ मा तेस्रो तथा आफ्नो कार्यकालको अन्तिम बजेटका रुपमा१४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । यो बजेट ६ खर्ब खाटा थियो । जुन इतिहासको सबैभन्दा बढी घाटामा बनाइएको बजेटका रुपमा चित्रित छ ।यो बजेटमा खतिवडाले कतिसम्म गैरजिम्मेवारीपन देखाए भन्ने कुरा हेर्न राजस्व संकलनको प्रक्षेपण र चालू खर्चको स्थिति हेरे पुग्छ । यो बजेटमा उनले राजस्व संकलनको प्रक्षेपण भन्दा चालू खर्च बढी राखेर बजेटको मर्म र सिद्धान्तमाथी प्रहार गरेका थिए ।

उनले आव ०७७–७८ को बजेट सार्वजनिक गर्दा राजस्व संकलनको प्रक्षेपण ८ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै गरेका  थिए, जबकी चालू खर्च भने ९ खर्ब ४८ अर्ब रुपैयाँ हुने अनुमान थियो । उनले यो बजेट पूर्ण रुपमा बिदेशी ऋण, अनुदान र छिटफुट रुपमा आउने बिदेशी लगानीको भर परेर देशलाई खोक्रो बनाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माको बजेट

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आव ०७९–८० को बजेट सार्वजनिक गर्दा राष्ट्रिय योजना आयोगले दिएको सिलिङको परिधि भित्रै रहेर १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान हुने गरी बजेट ल्याएका छन् ।

आयातमुखी अर्थतन्त्रलाई सुधार गरी उत्पादनमुखी र समाजवादउन्मुख बजेट ल्याएर अर्थमन्त्री शर्माले आफुलाइ अब्बल साबित गरेका छन् । बजेट ल्याउनुअघि कार्यकर्ता पोस्ने र चुनाव लक्षित हुने भनेर कलोकल्पित भ्रम छर्ने समुदायलाई गतिलो जवाफ दिने गरी अर्थमन्त्री शर्माले ‘जनता लोभ्याउने’ बजेट सार्वजनिक गरेका छन् । जसबाट आगामी आर्थिक बर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हाँसिल हुने पर्याप्त  आधार देखिएका छन् । 

बजेटले एकल तथा दम्पत्तीलाई लाग्दै आएको आयकरको सिमा वृद्धि, एक परिवारलाई एक विद्युतीय चुलो, मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार दिने, स्यानिटरी प्याडमा भन्सार महशुल ९० प्रतिशत छुट गर्ने, धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइनेलगायतका घोषणा गरेको छ ।

बजेटलाई सन्तुलित बनाउन आन्तरिक राजस्व वृद्धिको लक्ष्य राखिएको छ । यसपटकको बजेटमा १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलनको प्रक्षेपण गरिएको छ भने बैदेशिक अनुदानतर्फ ५५ अर्ब ४६ करोड रुपैयाँ आउने अनुमान गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending