कैलाली । कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा रु चार करोड विनियोजन गरेको थियो ।
केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए। भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ ।
जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । निर्माण सम्झौताविपरित सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्ट भने उक्त आरोपमा कुनै सत्यता नभएको बताउँछन्।
“भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेका हौँ”, उनले भने।
भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ । सम्झौतामा आगामी असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
रु चार करोडको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले रु दुई करोड ४१ लाखमा ठेक्का पाएको हो । निर्माणमा कमसल सामाग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए ।
“भवन निर्माणमा कम्पनीले लापरबाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने, “गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ ।”
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु १६ करोडको लागतमा प्रदेशस्तरीय सरुवा रोग तथा अनुसन्धान केन्द्रको भवनको डिजाइन बनाएर काम अघि बढाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: