Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शीतलनिवासबाटै पदको दुरुपयोग गर्दै राष्ट्रपति, छोरालाई कांग्रेसका गतिविधि कार्यालयबाटै गराउँदै

\"Ram_Baran_Yadav\"काठमाडौं । सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधिहरू सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्राध्यक्षको छवि विवादमा तानिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ राष्ट्रपति यादवका छोरा एवं नेपाली कांग्रेसका तर्फबाट धनुषा–५ का निर्वाचित सभासद् डा. चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरूले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन्। चन्द्रमोहन शीतल निवासमा बस्दा पार्टी विशेषका कार्यकर्ताले त्यहाँ सहज प्रवेश पाएका छन्। कांग्रेसको दलीय राजनीतिमा सक्रिय रहेको आरोप बुबा यादवलाई लागिरहेकै बेला चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोपलाई झन् प्रगाढ बनाएको छ। नेपाली कांग्रेसका एक पदाधिकारीले अन्‍नपूर्णसँग भने, ‘छोरा चन्द्रमोहनलाई धनुषाको राजनीतिमा स्थापति गराउनेदेखि संविधानसभाको निर्वाचन जिताउनेसम्मका कार्यमा बुबा यादव प्रत्यक्ष संलग्न हुनु राष्ट्रपति पदकै लागि राम्रो होइन। राष्ट्रपति कांग्रेसका नेता होइनन्। ‘अन्तरिम संविधान २०६३ अनुसार उनी सेरेमोनियल राष्ट्रपतिका रूपमा राष्ट्र र जनताप्रति उत्तरदायी हुनेमात्र हो।’ राष्ट्रपतिबाट समयसमयमा कांग्रेसको मात्र नभएर अन्य दलको राजनीतिमा समेत खेल्ने र खेलाउने काम भएको उनको दाबी छ। संयोग र समानता अन्यत्र पनि छन्। भारतका राष्ट्रपति प्रवण मुखर्जीका छोरा अभिजित मुखर्जी पनि त्यहाँको लोकसभाका सदस्य छन् तर उनी राष्ट्रपति निवासमा बस्दैनन्। ‘मुखर्जीसँग व्यक्तिगत सम्बन्ध भएका डा. यादवले किन उनीबाट केही सिक्न सक्दैनन् ?एक कूटनीतिज्ञले भने। राष्ट्रपतिको छोराले निर्वाचन लड्न सक्छन् र राज्य सञ्चालन गर्न सक्छन् तर बाबुसँगै शीतल निवासमा बसेर त्यसको दुरुपयोग गर्न पाउँदैनन् भन्ने बीपी कोइरालाका सच्चा अनुयायी राष्ट्रपतिले बुझ्नुपर्ने ती कूटनीतिज्ञले बताए। उनले भने, ‘बीपी प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालालाई मन्त्री दिनुपर्छ भन्ने विराटनगरका मजदुरहरूको माग उनले ठाडै अस्वीकारेका थिए।’ कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषाका सभासद् महेन्द्र यादवले शीतल निवासबाट ुप्राइभेट नम्बरुको मोबाइल फोन प्रयोग गरी धनुषा, सिरहा, सप्तरी क्षेत्रका प्रशासकहरूलाई चन्द्रमोहनले दबाब दिने गरेको आरोप लगाए। चन्द्रमोहनले राष्ट्रपति पदको दुरुपयोग गर्दा कांग्रेसको प्रजातान्त्रिक छविसमेत धमिलिएको दाबी केन्द्रीय सदस्य यादवले गरे। यादव राष्ट्रपति हुन् कि कांग्रेसका नेता भन्ने आफूले बुझ्न नसकेको उनले बताए।कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाविरुद्ध मोर्चा बन्दी गरेर राष्ट्रपतिले पदकै गरिमा बिर्सेको दाबी उनले गरे। यसअघि कांग्रेस नेता विमलेन्द्र निधिले समेत कांग्रेस सभापति निर्वाचनमा शीतल निवासको दुरुपयोग गरी सुशील कोइरालाको पक्ष र देउवाको विपक्षमा राष्ट्रपति यादव लागेको आरोप लगाएका थिए।असोज २ गदेदेखि हुने पार्टीको १३ औं महाधिवेशन प्रारम्भमै सक्रिय सदस्यता वितरणका क्रममा धनुषा–५ मा आतंक सिर्जना हुनुमा चन्द्रमोहनको राजनीति कारण भएको सभासद् महेन्द्र यादवले बताए। चन्द्रमोहनले गरेको राज्य शक्तिको दुरुपयोगविरुद्ध आफूले आगामी केन्दीय समिति र संसदीय दल बैठकमा कुरा उठाउने जानकारी पनि यादवले दिए।आधिकारिक स्रोतका अनुसार राष्ट्रपति यादव दुईपल्ट भारतको यात्रा गर्दा दुवैपल्ट छोरा चन्द्रमोहन पनि साथै गएका थिए। उनको व्यवहारले प्रोटोकलसम्बन्धी समस्या उत्पन्न भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। राष्ट्रपति यादवकी छोरी अनिता यादवलाई विदेश भ्रमणमा फस्ट लेडीको हैसियत र सम्मान प्राप्त गरिएको थियो तर छोरा चन्द्रमोहनलाई एउटा सहसचिवको हैसियतमात्र प्रदान गरिएको थियो। त्यसप्रति उनले सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका थिए। शीतल निवासबाट राजनीति गरेको विषयमा सभास्द चन्द्रमोहनले भने, ‘वैशाख १२ गतेको भूकम्पपछि म शीतल निवास आएको हुँ। त्यसअघि म सिनामंगलस्थित एक घरमा भाडा तिरेर बस्थें। भूकम्पका बेला को कहाँ बसिरहेको छ भन्ने ठूलो कुरा होइन। मेरो घर छैन, टाउको लुकाउनु त पर्‍यो नि।’ संसारमा इमानदार भएर बाँच्न गाह्रो रहेछ भन्दै उनले थपे, ‘म जहाँ बसे पनि मेरो निर्वाचन क्षेत्रका जनताको समस्याको हल पार्टी केन्द्रीय कार्यालय सानेपा र संसदीय दल सिंहदरबारबाट गरिरहेको छु। महिनामा सात दिनजस्तो जिल्ला जान्छु र त्यहींबाट जनताको समस्यालाई निकास दिन सहयोग गर्छु।’ आफूले शीतल निवासको दुरुपयोग नगरेको दाबी उनले गरे। वास्तवमा अहिले राष्ट्रपति स्वयंले पनि सीमांकनपछि मात्र संविधान जारी गर्न चार दलका शीर्ष नेताहरूलाई सुझाव दिएर मधेसकेन्द्रित दलहरूको एजेन्डासँग आफू नजिक भएको सन्देश दिएका छन्। छोरा चन्द्रमोहन पनि कांग्रेसको आधिकारिक नीतिबाट टाढा र मधेसकेन्द्रित दलहरूसँग नजिक छन् यी मुद्दामा। संविधानसभाका ६०१ सभासद्मध्ये ९० प्रतिशत अहिले पनि जनता र मुलुकको संविधान बन्नुपर्छ, नेताको होइन भन्ने पक्षमा रहेको उनले बताए।कांग्रेसका नेता सभासद् मनमोहन भट्टराईले सभासद्को हैसियतमा कसैले पनि शीतल निवास प्रयोग गर्न नहुने तर एउटा छोरा बाबुसँग बस्न सक्ने धारणा राखे। एमाओवादी नेता तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमै त्यस्तो आरोप लगाएका थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले शीतल निवासलाई राजनीतिक दलको कार्यालयमा परिणत गरेको आरोप लगाएका थिए। छोरा चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोप पुष्टि भएको मान्यता राख्‍नेको संख्या बढेको छ। शीतल निवासमा उनको स्थायी बसोबासले एउटा खतरनाक पूर्वदृष्टान्त र राष्ट्राध्यक्ष कार्यालयको तटस्थतालाई प्रभावित गर्ने परम्परासमेत बस्ने आशंकाबारे केही निजी मित्रहरूले राष्ट्रपतिलाई पहिल्यै जानकारी गराएको दाबी जानकार स्रोतले गराएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending