Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘शहीद तथा घाइते, अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

खबरडबली संवाददाता

काठमडौँ । राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गरेका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति तथा कार्यक्रम हुन नसकेको टिप्पणी गर्दै कृषिसम्बन्धी मलखादका बारेमा सही समाधानको बाटो खोज्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुन नसकेको बताए । उनले  मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गता भएकाका बारे नीति तथा कार्यक्रम बोल्न नसकेको उल्लेख गरे  । 

सांसद हीरादेवी गौतमले कृषकले सहज र समयमै मल पाउन नससकेको अवस्थामा नीति तथा कार्यक्रमले ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्दै गरीब तथा विपन्न परिवारप्रति वर्तमान सरकार गम्भीर हुन नसकेको बताए  । सांसद सिन्धुबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले तल्लो तहका जनसमुदायलाई सम्बोधन गरेको भन्दै सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा उत्पीडित समुदाय, वैदेशिक रोजगारीलगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु सकारात्मक भएको टिप्पणी गरे  । 

सांसद वीना पोखरेलले नीति तथा कार्यक्रममा समावेशी सबै विषयलाई बजेटले समेट्न सक्नुपर्ने बताउनुभयो । सांसद शारदादेवी भट्टले मुलुकमा व्याप्त महिला हिंसा अन्त्यका निम्ति नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरे  । सांसद राजेन्द्रलक्ष्मी गैरेले खानेपानी, नालीको व्यवस्था, बाटोको व्यवस्थासहितको सहरी बस्ती निर्माण हुनुपर्ने बताए  । आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।  

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: