Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

प्रतिनिधिसभा बैठक : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड, कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  

उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गरेका छन् । उनीहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा परिणत हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका नेकपा ९एमाले०का सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा ल्याएर सरकारपछि हट्न खोजेको बताए । उनले नागरिकताको सवालमा संविधानमा उल्लेख भएअनुसार नै अघि बढाउनुपर्नेमा जोड दिए।

एमालेका अर्का सांसद शेरबहादुर तामाङले संस्थानहरु निजीकरण गर्ने कुराको भण्डाफोर गर्नुको विकल्प नरहेको बताउनुभयो । उनले आफ्नो संशोधन प्रस्तावमा गाँजाखेतीसम्बन्धीको विधेयकलाई छलफलमा ल्याएर पारित गर्नसके युवाहरु विदेशिने क्रम केही रोकिने र राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने हुँदा छिटो पारित गर्न सदनको ध्यानाकर्षण गराए।

उनले मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा नीति तथा कार्यक्रममा समावेश बुँदामा संशोधन प्रस्ताव पेश गर्दै त्यसमा मेलम्ची क्षेत्रको आवाज नबोलेको बताए । त्यहाँको गत वर्षको बाढीपहिरोबाट क्षति पुगेका स्थानीयवासीलाई सम्बोेधन गर्न आग्रह गरे ।

सोही पार्टीका सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । रावलले १९ बुँदामा संशोधनको सूचना प्रस्तुत गरेका छन्। उनले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो । सांसद रावलले नीति तथा कार्यक्रममा भएका अंग्रेजी शब्दलाई नेपालीकरण गर्नसमेत माग गरेका छन् । 

यस्तै संशोधनकर्ता एमालेकै सांसद खगराज अधिकारीले १३९ बुँदामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपूलेकबाट भारतीय सेना तुरुन्त हटाउनुपर्ने ब्यहोरा उल्लेख गर्न आग्रह गरे। उहाँले राष्ट्रिय पूँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे। हरेक पालिकालाई पूँजी निर्माणको स्रोत बनाउन सकिने पनि उनले बताए।  

सांसद दुर्गा पौडेलले प्रादेशिक संरचनाले अनुत्पादक क्षेत्रमा ठूलो बजेट गएकाले विकासमा दिने बजेटसमेत कुण्ठिएको बताउँदै त्यस्ता संरचना खाजेर हुनुपर्ने माग गरे। उनले नागरिकतासम्बन्धी हकमा आफूले पेश गरेको संशोधन प्रस्ताव नागरिकता वंशस र अङ्गिकृतको आधारमा मात्रै  नागरिकता ऐन कठोर बनाएर लैजानुपर्नेमा जोड दिए । 

उनले नेपाल भारतको सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। हिंसाका घटनामा पारिवारिक अदालतमार्फत छिटो मुद्दा टुङ्ग्याउँदै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए। 

सांसद प्रेम सुवालले कालापानीमा तैनाथ भारतीय सेना हटाउने तथा दार्चुलामा अतिक्रमण गरी बनाइएको तटबन्ध हटाउनेसम्बन्धी ब्यहोरा राख्न सूचना पेश गरेका छन् ।  

उनले आमा र बुबा दुबै नेपाली नागरिक भएकालाई मात्रै वंशजको नागरिकता दिन माग गरे। नेपालीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन तथा पेट्रोलिम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न पनि आग्रह गरे। यस्तै असमान सन्धि–सम्झौता खारेज गर्ने कुरा पनि समावेश गर्न आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन मुल्य तोलामा साढे ५ हजार रुपैयाँले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ। बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैया...

वीरगन्जमा यौन व्यवसाय फस्टाउँदै, ६ जना पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केह...

अरुण नदीमा पानीको बहाव बढेपछि सतिघाट फेरी सेवा बन्द

संखुवासभा। पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्च...

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको द...

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

बाजुरा। बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएक...

नवलपुरका दुई दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

नवलपुर। नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देव...

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending