Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पोखरालाई समृद्ध बनाउन भोलिदेखि कामको थालनी गर्नेछौँ : नवनिर्वाचित प्रमुख आचार्य

खबरडबली संवाददाता

कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताएका छन् ।

पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी ¥यालीपछिको सभामा उनले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणपत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखेको छ । कार्यक्रममा प्रमुख आचार्यले भने, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्वका कार्यक्रममा समय व्यतित गर्ने छैनौँ ।”

प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्नेगरी व्यवस्थितरूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए। सुशासन र प्रविधिमा मुख्य जोड दिइने उनको भनाइ छ ।

पदबहालीसँगै निर्वाचत जनप्रतिनिधिको ‘काउन्ट डाउन’ सुरु हुने भएकाले विकास योजनाको गहन छलफलका लागि जनप्रतिनिधि र महानगरका महाशाखा प्रमुखसहितको ‘क्लोज क्याम्प’ तत्कालै राख्ने उनले बताए । 

आचार्यले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिने । उनले भने, “वडाध्यक्ष तथा सदस्य छुट्टै कार्यक्षेत्रबाट आएका हौँ । स्वभाव नमिल्न सक्छ तर महानगरभित्र राजनीति र पार्टीको कुरा गर्ने छैनौँ ।”
 
प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निःशुल्क गर्ने घोषणासमेत गरे। पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता जनाए।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले निर्वाचनमा जनतासँग गरिएको वाचा र चुनावी घोषणापत्रको कार्यान्वयन गर्नेगरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचित प्रतिनिधि पोखरावासी सारा जनताको प्रतिनिधि रहेकाले सबै जनतालाई समानरूपमा व्यवहार हुने गरी काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपक कोइराला, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले गठबन्धनका उम्मेदवारको जितले पोखराको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) का मञ्जुदेवी गुरुङ विजयी भएको हो । उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाट भने पराजित भए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending