कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताएका छन् ।
पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी ¥यालीपछिको सभामा उनले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणपत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखेको छ । कार्यक्रममा प्रमुख आचार्यले भने, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्वका कार्यक्रममा समय व्यतित गर्ने छैनौँ ।”
प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्नेगरी व्यवस्थितरूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए। सुशासन र प्रविधिमा मुख्य जोड दिइने उनको भनाइ छ ।
पदबहालीसँगै निर्वाचत जनप्रतिनिधिको ‘काउन्ट डाउन’ सुरु हुने भएकाले विकास योजनाको गहन छलफलका लागि जनप्रतिनिधि र महानगरका महाशाखा प्रमुखसहितको ‘क्लोज क्याम्प’ तत्कालै राख्ने उनले बताए ।
आचार्यले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिने । उनले भने, “वडाध्यक्ष तथा सदस्य छुट्टै कार्यक्षेत्रबाट आएका हौँ । स्वभाव नमिल्न सक्छ तर महानगरभित्र राजनीति र पार्टीको कुरा गर्ने छैनौँ ।”
प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निःशुल्क गर्ने घोषणासमेत गरे। पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता जनाए।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले निर्वाचनमा जनतासँग गरिएको वाचा र चुनावी घोषणापत्रको कार्यान्वयन गर्नेगरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचित प्रतिनिधि पोखरावासी सारा जनताको प्रतिनिधि रहेकाले सबै जनतालाई समानरूपमा व्यवहार हुने गरी काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपक कोइराला, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले गठबन्धनका उम्मेदवारको जितले पोखराको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) का मञ्जुदेवी गुरुङ विजयी भएको हो । उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाट भने पराजित भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...



प्रतिकृया लेख्नुहोस्: