Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

एक घर एक रोजगारीको व्यवस्था गरिने

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेकी हुन् । 

नीति तथा कार्यक्रमका मुख्य बुँदा 
–आन्तरिक र बाह्य प्रभावका कारण आर्थिक समस्या न्यूनिकरण गरिने
–उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार विकास, दिगो विकास, सुशासन र गरिबी निवारणलाई प्राथमिकतामा राखिने
–कृषि यातायात, उर्जा पर्यटनलाई आर्थिक वृद्धिदरको आधार स्तम्भ बनाइने
–उच्च मूल्य वृद्धिलाई सीमा राखिने
–राष्ट्रिय गौरव र रुपान्तरणकारी र ठूला परियोजनाबाहेक अन्य परियोजनाहरु प्रदेश स्तरबाट अघि बढाइने
–प्राकृतिक स्रोतको संरक्षण र समन्यायिक रुपमा विकास गरिने
–आन्तरिक उत्पादन वृद्धि र व्यवसायिक उत्पादनका लागि कानुनी तथा नीतिगत सुधार गरिने
–रोजगारी तथा स्वरोजगारीमा प्रोत्साहित गरिने
–ठूला तथा रणनीतिक पूर्वाधार तथा विकास निर्माणका कार्यक्रमहरु उचित रणनीतिका साथ अगाडि बढाइने
–पुँजीगत खर्च र प्रभावकारी विकासका लागि छुट्टै नीतिगत तथा व्यवहारिक पक्षको व्यवस्था गरिने
–विनियोजन कुशलता कायम गर्न दीर्घकालिन परियोजनाहरुलाई 
–आयोजना बैंकमा प्रविष्ट नभई राष्ट्रिय योजनामा समावेश भएका आयोजनाहरुलाई बजेट नछुट्याइने
–वैदेशिक सहायतालाई राष्ट्रिय पूँजी निर्माणमा लगाइने
–वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट गनिने व्यवस्था गरिने
–विगतमा सञ्चालनमा आएका तर हाल बन्द रहेका उद्योगहरुको विकास र सञ्चालनका लागि विशेष योजना ल्याइने
–नेपालको क्रेटिङ रेटिङ सम्पन्न गरिने
–आर्थिक निवारणका लागि सहकारीलाई उद्यम र उत्पादनमा जोड्ने
–समान प्रकृति र उद्देश्य भएका सहकारीहरूलाई मर्जरमा लैजाने
–गरिब तथा विपन्न परिवारलाई परिचयपत्रको व्यवस्था गरिने
–हिमाली तथा विकट क्षेत्रलाई विशेष क्षेत्रको रुपमा विकास गरिने
–कृषि क्षेत्रको आधुनिकरण गरी उत्पादनलाई वृद्धि गरिने
–वन, पर्यटन, आपूर्ति तथा वाणिज्य क्षेत्रलाई सामन्जस्यता कायम गरिने
–खाद्य प्रशोधन तथा कृषि अनुसन्धान केन्द्रलाई विशेष प्राथमिकता दिने, कृषि बीउ विजन, मलमा सहुलियत तथा कृषि आधुनिकरण गरिने
–पकट क्षेत्र हेरेर कृषि क्षेत्र घोषणा गरी सम्बन्धित प्रदेशलाई प्रदान गरिने
–धान, मकै, आलु, स्याउ, ओखर जस्ता विशेष आयात हुने वस्तुको उत्पादन वृद्धि गर्न विशेष नीति ल्याइने
–रासायनिक मलमा विशेष अनुदानको व्यवस्था गरिने
–कृषकको संरक्षण गरिने नीति लिइने
–कृषकले उत्पादन गरेको कृषि उत्पादनको बजार व्यवस्थाको ग्यारेन्टी गरिने
–उत्पादनका आधारमा कृषि अनुदानको व्यवस्था गरिने
–वेमौसमी वर्षाका कारण क्षती भएको बालीको शीघ्र क्षतिपूर्तिको व्यवस्था गरिने
–पशुपंछीको क्षेत्रमा नेपालमा नै आवश्यक भ्याक्सिन उत्पादनको व्यवस्था गरिने
–अन्तरदेशिय नाकाहरुमा कृषि मार्टको स्थापना गर्ने व्यवस्था गरिने
–२२ हजार २०० हेक्टर जमिनमा सिचाईंको व्यवस्था गरिने
–भेरी बबई ड्राइभर्सन तथा पावर हेडपक्स तथा सुनकोशी मरिण ड्राइभर्सन आयोजनाको शीघ्र निर्माण सम्पन्न गरिने
–चन्द्रनगरको मर्मत संहार गरिने
–लिफ्टिक सिचाईंमा विशेष प्राथमिकता दिने
–नदिको वैज्ञानिक उत्खनन् गरी गिट्टी बालुवा लगायतको पूर्ति गरिने
–विपद व्यवस्थापनमा प्राविधिक तथा वैज्ञानिक पद्धतिको नीति अपनाइने
–सोलुखुम्बु मनाङ लगायतमा रहेका हिमतालको सतह घटाइने
–विपन्न समुदायको संख्या घटाई गरीबीबाट बाहिर ल्याउने
–घोषणा हुन बाँकी मुक्त कमैया, हलिया, चरुवाहरुलाई बाहिर ल्याइने, विपन्न लक्षित कार्यक्रम ल्याइने
–नापजाप गर्न बाँकी गाउँ, स्थानीय जग्गा धनी पुर्जा उपलब्ध गराइने
–भूमीको वर्गीकरण गरी संघ प्रदेश र स्थानीयको स्वामित्वमा ल्याइने भूउपयोग नीति ल्याइने
–उद्योगको हद नीतिमा पुनरावलोकन गरिने
–देशभरका सार्वजनिक, गुठी तथा विभिन्न स्वामित्वमा रहेका जग्गाहरूलाई मालपोत अन्तरगत ल्याइने अभिलेखिकरणमा ल्याइने
–राज्यको सम्पूर्ण सम्पतिलाई अभिलेखिकरण गरिने
–नेपाल ट्रष्टको सम्पतिको एकिन गरी ट्रष्टमा आउन सक्ने सम्पतिहरुको पहिचान गरिने
–उद्योगमैत्री वातावरण र व्यवसायीक वातावरण बनाई निजी क्षेत्रलाई प्रोत्साहन गरिने
–कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई एकीकृत नमूना फार्म सञ्चालन गरिने
–ऊर्जा दक्षता र नविन ऊर्जा क्षेत्रको विकास गरिने
–तुलनात्मक लाभ भएका उत्पादनशील क्षेत्रमा वैदेशिक लगानीको वृद्धि, साना तथा मझौला क्षेत्रमा विशेष प्राथमिकता, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न ‘नेपाली उद्योग नेपालमै उत्पादन आफ्नै व्यापार’ नारालाई अघि बढाइने
–निजी क्षेत्रबाट सञ्चालित मेड इन नेपाल र मेक इन नेपाल नीतिलाई अवलम्वन गरिने
–नेपाली उत्पादनलाई राष्ट्रिय तथा क्षत्रीयसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न लगानी सिप तथा प्राथमिकताको व्यवस्था गरिने
–उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाईने
–एकल विन्दु सूचना प्रणालीको विकास गरिने
–औद्योगिक पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाइने नीति लिने, विद्युत, सडक पानीको व्यवस्था सरकारले गर्ने
–स्वीकृत गरेको महुँचमार्ग तथा विद्युत प्रसारण लाइनमा विशेष व्यवस्थालाई थप गरिने
–स्वदेशी उत्पादन तथा रोजगारीमा युवालाई आकर्षित गरिने
–आधारभूत र अत्यावश्यक औषधिजन्य वस्तु तथा खोपको उत्पादनमा विशेष सुविधा प्रदान गरिने
–परम्परागत ज्ञान तथा सीपमा आधारित घरेलु उद्योगहरुलाई प्रोत्साहन तथा बजारको व्यवस्था गरिने
–दुई पक्षीय पारवहन तथा व्यापार सम्झौताको पुनरावलोकन गरिने
–अन्तर्राष्ट्रिय व्यापारघाटा कम गर्न विशेष व्यवस्था गरिने
–प्राकृतिक स्रोतमा आधारित उत्पादनको प्रशोधन र निर्यातको प्रवर्द्धन गरिने
–नेपाली उत्पादनलाई विशेष व्यस्था गर्न काउन्ट भेलिक तथा एन्टिडम्पिङ व्यवस्था गरिने
–पोट्रोलियम पदार्थको मूल्य स्वचालित गरिने
–पर्यटनलाई आर्थिक उपार्जनको विशेष क्षेत्र मानि विशेष प्रवद्र्धनको जोड दिइने, यस्ता उद्योगलाई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गरिने
–ग्रेट पर्यटन ट्रेलको विकास गरिने
–कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराइने
–हवाई सेवालाई विस्तार गर्दै गुणस्तरीय बनाइने
–वायुसेवा सञ्चालक कम्पनीहरुलाई काठमाडौं बाहिरबाट समेत उडानका लागि प्रोत्साहन गरिने
–अन्तर्राष्ट्रिय उडानको गन्तव्यहरु विस्तार गरिने
–आन्तरिक विमानस्थलहरुमा सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिने
–देशको सम्पूर्ण भूभागलाई जोड्ने गरि द्रूतमार्गको विकास गरिने
–सडक पूर्वाधार निर्माण र स्तर विकासमा जोड दिइने
–काठमाडौं–तराई द्रुतमार्ग तोकिएकै समयमा सक्ने गरी प्राथमिकता दिइने
–चक्रपथ लगायतका काठमाडौंका आवश्यक स्थानमा फ्लाइओभर तथा अन्डरपास निर्माण गरिने
–हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने,
–मदन भण्डारी सडक मार्गको बाँकी काम पुरा गरिने
–सिस्ने खोला–नाकढुंगा सुरुङमार्गको निर्माणलाई विशेष प्राथमिकता दिइने 
–आगामी आर्थिक वर्षमा ३०० सडक तथा पुल निर्माण गरिने
–सडक तथा पुल निर्माण कार्य प्रदेश सरकारलाई प्रदान गरिने
–रसुवागढी –काठमाडौं रेलमार्गको सम्भाव्यताको विस्तृत अध्ययन गरिने
–सामाजिक यातायातलाई वातावरणमैत्रीमा विशेष प्रोत्साहन गरिने
–सवारी चालक परिचयपत्रलाई सम्बन्धित प्रदेशबाटै सहज र सरल तरिकाले वितरणको व्यवस्था गरिने
–विपत तथा अतिसंवेदनशिलत क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने
–त्रिभूवन विमानस्थलदेखि माइतीघर सम्मको कोरिडोरलाई युटिलिटी कोरिडोरको रुपमा विकास गरिने
–सीमा वर्तित क्षेत्रमा व्यवसायिक बजार विकास गरिने
–काठमाडौं उपत्यकाको एकीकृत विकास गुरुयोजना बनाइने
–काठमाडौं उपत्यका भित्रका पहिचान भएका नमूना सहरको विकास गरिने
–सहरहरुमा उत्सर्जित फोहोरको व्यवस्थापनका लागि वैज्ञानिक पद्धतिको विकास गरिने
–काठमाडौं उपत्यकाका सडकहरुमा पैदलयात्री मैत्री बनाइन उचित फुटपाथको व्यवस्था गरिने
–एक घर एक रोजगारीको व्यवस्था गरिने
–४ लाख ६१ हजार घर परिवारलाई खानेपानीको व्यवस्था गरिने
–काठमाडौं चक्रपथ बाहिरका र भक्तपुरका क्षेत्रमा खानेपानीको पाइप विस्तार गरिने
–प्रत्यक स्थानीय तहमा उच्चस्तरीय वैज्ञानिक प्रविधिबाट फोहोर प्रशोधन र ढल निकासको व्यवस्था गरिने
–विभिन्न १२ सहरमा विशिष्ट खानेपानी र सरसफाइको व्यवस्था गरिने
–१२ महिना विद्युतको व्यवस्थाका लागि उच्च जलाशययुक्त जलविद्युतको विकास गरिने
–आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतको विविधिकरण गरिने
–आगामी आर्थिक वर्षमा थप ७५० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने
–विकट जलविद्युतको पहुँचबाट बाहिर रहेका २५ सय घरधुरीलाई विद्युत प्रवाह गरिने
–निजी क्षेत्रको सहकार्यमा विद्युतीय गाडीको प्रोत्साहनका लागि चार्जिङ स्टेशन निर्माणमा प्राथमिकता दिइने
–विद्युत महशुलमा पुनरावलोकन गरिने
–डिजिटल नेपाल फ्रेम वर्क २०७६ लाई प्रभावकारी बनाइने, कागजको प्रयोग क्रमशः कम गरिने
–नेपालको आफ्नै स्याटेलाइट राख्ने व्यवस्थालाई विशेष प्राथमिकता दिइने
–ग्रामीण दूरसञ्चारको प्रयोगलाई विकास गरि देशभरका सामुदायिक विद्यालय तथा सामुदायिक स्वास्थ्य चौकीहरुलाई ५० प्रतिशत छुट प्रदान गरिने
–दुर्गम क्षेत्रका अस्पतालहरुमा टेलि मेडिसिनको व्यवस्था गरिने
–हुलाक सेवालाई समयानुकुल प्रविधिमैत्री बनाइने
–नेपाललाई विदेशी चलचित्र छायाङ्कनका लागि विशेष आकर्षण स्थल बनाइने
–जेष्ठ नागरिकहरुको संरक्षण गरिने
–महिना, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, तथा अपाङ्गहरूको सुरक्षामा प्रदेश तथा स्थानीय तहसँगको साझेदारीमा विशेष कार्यक्रम ल्याइने
–शिक्षालाई समयानुकुल प्राविधिक र व्यवहारिक बनाइने
–विज्ञान, गणित तथा अंग्रेजी विषयलाई संख्याका आधारमा शिक्षक कोटाको व्यवस्था गरिने
–विद्यालय दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म प्रदान गरिने

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको पृथ्वीचोक क्षेत्रमा डोजर, राजनीतिक दलनिकट संगठनका संरचना हटाइँदै

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि रहेको संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना ...

विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र...

स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

दमक। झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स...

सुन मुल्य तोलामा साढे ५ हजार रुपैयाँले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ। बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैया...

वीरगन्जमा यौन व्यवसाय फस्टाउँदै, ६ जना पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केह...

अरुण नदीमा पानीको बहाव बढेपछि सतिघाट फेरी सेवा बन्द

संखुवासभा। पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्च...

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको द...

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

बाजुरा। बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएक...

नवलपुरका दुई दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

नवलपुर। नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देव...

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending