Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह

खबरडबली संवाददाता

बेइजिङ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न  संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो । प्रवक्ता प्राइसले अमेरिकी नीतिलाई चीनले गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका थिए । 

सामाजिक सञ्जालमा प्राइसले संयुक्त राज्य अमेरिका तथाकथित ‘ताइवान सम्बन्ध ऐन, तीन संयुक्त विज्ञप्ति र छ वटा आश्वासनद्वारा निर्देशित रहेको, लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र एक–चीन नीतिप्रति आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । 

प्रवक्ता प्राइसको उक्त अभिव्यक्ति तथ्य र इतिहासलाई विकृत पार्ने प्रयास गरिएको  प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्त र शर्तको अमेरिकाले पालना गर्नुपर्नेमा जोड दिए । 

चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ताइवान भएको उल्लेख गर्दै उनले ताइवान मुद्दाको मूलजड नै ‘एक चीन’ भएको स्पष्ट गरे । उनले भने– संसारमा एउटा मात्र चीन छ, ताइवान चीनको एक हिस्सा हो, र जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो ।यो एक चीन सिद्धान्तको मूल अवधारणा हो, जुन अन्तर्राष्ट्रिय समुदायको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यता बनेको छ ।

अमेरिकासहित  एकसय ८१ देशले एकचीन सिद्धान्तलाई मान्यता दिँदै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका बताउँदै उनले एक चीन सिद्धान्तलाई दृढतापूर्वक चीनले पालन गरेको तथा त्यस विषयमा कुनै पनि सम्झौता वा छुट नहुने बताए । 

सन् १९७१ मा संयुक्त राज्य अमेरिकाले ताइवान मामिलामा नयाँ सिद्धान्तको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको, विश्वमा एक मात्र चीन रहेको  तथा ताइवानलाई चीनको एक अभिन्न भागका रुपमा  स्वीकार गर्दै ताइवान स्वतन्त्रता आन्दोलनलाई समर्थन नगर्ने वचन दिएको प्रवक्ता वाङले स्मरण गराए । 

सन् १९७२ मा जारी गरिएको साङ्घाई वक्तव्यमा पनि अमेरिकी पक्षले ताइवानलाई चीनको एक भागका रुपमा स्वीकार गरी त्यसलाई चुनौती नदिने प्रतिबद्धता जनाएको उनले बताए । अमेरिकाबाट व्यक्त यी प्रतिबद्धताबाटै चीन–अमेरिका सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया प्रारम्भ भएको उनको भनाइ थियो । 

सन् १९७८ मा जारी गरिएको चीन–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले ‘जनवादी गणतन्त्र चीनको सरकारलाई चीनको एकमात्र कानुनी सरकारको रूपमा मान्यता दिएको  र चीन र ताइवान एउटै हुन् भन्ने चिनियाँ अडानलाई स्वीकार गरेको,’ उनले स्पष्ट गरे । 

प्रवक्ता वाङले भने, “सन् १९८२ कोे अगस्ट १७ मा जारी विज्ञप्तिमा पनि संयुक्त राज्य अमेरिकाले ‘चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्ने वा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा दुई चीन वा एक चीन, एक नीति अवलम्बन गर्ने कुनै मनसाय नरहेको दोहो¥याएको थियो । अमेरिकाले गरेका प्रतिबद्धता सबैले हेर्न सक्छन्,ती घामझै छर्लङ्ग छन त्यस्ता ऐतिहासिक तथ्यहरूलाई मेटाउन वा अस्वीकार गर्न सकिँदैन ।” 

विगत ४० वर्षदेखि संयुक्त राज्य अमेरिकाले एक चीन सिद्धान्त र संयुक्त विज्ञप्तिका तीन प्रावधानलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको बताउँदै उनले  ताइवानसँगको आधिकारिक आदानप्रदानका प्रतिबन्धहरू अमेरिकाले उल्लेखनीय रूपमा कम गरेको,निरन्तर सैन्य अन्तरक्रिया जारी राखेको तथा ताइवानलाई उसको तथाकथित ‘अन्तर्राष्ट्रिय स्थान’ विस्तारका निम्ति खुलमखुला मद्दत गरेको प्रवक्ता वाङले बताए । 

उनले हालैका वर्षहरूमा अमेरिकी पक्षले एक चीन सिद्धान्तलाई अस्पष्ट र खोक्रो बनाउने प्रयास गरेको उल्लेख गर्दै उनले आफ्नो एक–चीन नीतिलाई परिमार्जन गर्न अमेरिकाले थप विवरणहरू प्रयोग गरिरहेको जसमा यसको एकपक्षीय रूपमा मनगढन्ते ताइवान सम्बन्ध ऐन र छ वटा आश्वासनहरू समावेश गरिएका बताए । ती ऐन र आश्वासनलाई  चीनले कहिल्यै मान्यता नदिएको र त्यसको तीक्ष्ण रूपमा विरोध गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरे । 

चीन–अमेरिका सम्बन्ध राज्य–राज्यबीचको सम्बन्ध भएकाले त्यसलाई अमेरिकी पक्षले एकतर्फी रूपमा बनाएका नीतिबाट स्थापित नहुने वरु  दुई पक्षले गरेको राजनीतिक सहमतिले मात्र निर्देशित गर्नसक्ने उनले प्रस्ट्याए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending