Khabar Dabali १६ असार २०७९ बिहीबार | 30th June, 2022 Thu

शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी

Krishi bikash bank
खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् ।  आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका छन् । शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छन् । उनले छ हजार ५१९ मत प्राप्त गरेकी छन्  ।

त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले पाँच हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २३६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएकी थिइन्  ।

नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूर्यविनायकमा पर्खाल भत्किएर पुरिँदा एकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ...

क्यान्सरका ७३ प्रतिशत विरामीको रोग धेरै ढिला पहिचान

उलान बातोर । मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ ।  यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्...

कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएकी छन् । उनले  उत्पादकत्व वृद्धि गरी कृषिलाई ...

पर्वतमा एक वर्षमा ३ सय उद्योग थपिए

पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९  नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्त...

आँप खेतीप्रति किसान आकर्षित

जनकपुर । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन्  । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित ...

भारतमा १४ हजार भन्दा बढी व्यक्ति कोरोनाबाट सङ्क्रमित, ३० जनाको मृत्यु

नयाँदिल्ली । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् ।  हाल भारतमा कोरोनाका कुल सङ्क्रम...

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन्  ...

पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएनः प्रधानमन्त्री जोनसन

बर्लिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटि...

विवादमा रहेकी राज्यमन्त्री विमलाले राजिनामा दिइन्

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वीलीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राज...

ट्रान्सफर्मरमा समस्या देखिएपछि बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page