धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।
ती मध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।
जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी भएका छन् ।
औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएका छन् । धनौजी गाउँपालिकामा कांग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् । त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएकन छन् भने उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित भएका छन् ।
विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित भएकी छन् । धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन् ।
कमला नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएकी छन् । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसका सुनिताकुमारी सिंह विजयी भएकी छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् । बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह निर्वाचित भएकी छन् ।
मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथो निर्वाचित भएकी छन् । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भएकी छन् ।
गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुख रहिमा खातुन निर्वाचित भएकी छन् ।
हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन् । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएकी छन् ।
धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: