Ntc
Khabar Dabali १६ जेष्ठ २०८० मंगलवार | 30th May, 2023 Tue

एकै रात दर्जनौँ घर चोरी, सिसिटिभीको मनिटरसमेत लगे

रासस

रसुवा । चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो ।

चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।

कालिका गाउँपालिकाको धारापानीमा सातवटा निजी घर  तथा बेतिनीको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था तोडफोड गरेको अवस्थामा भेटिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक झलक शर्मा पौडेलले जानकारी दिए । उत्तरगया गाउँपालिका–५ वडा कार्यालय र  माझगाउँ क्षेत्रमा निजी स्तरको तीन घरसमेत तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।
 
प्रारम्भिक अनुसन्धानबाट निजी घरहरूबाट रू चार लाख नगद तथा चार तोला सुन र उत्तरगया वडा नं ५ को वडा कार्यालयमा जडान भएका सिसिटिभीको मनिटरसमेत चोरी भएको पाइएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ । 

विभिन्न कोषबाट अनुसन्धानको  काम तीव्र रूपमा अगाडि बढिरहेकाले  शङ्कास्पद व्यक्तिको गोप्यरूपमा  हुलिया उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन प्रहरी निरीक्षक शर्माले आग्रह गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी ...

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।  छब्ब...

प्रश्नै प्रश्नले किन अतालिएकी छन् ‘सकम्बरी’की कुसुम ?

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि कुसुमको...

भारतले लुम्बिनी र कपिलवस्तु पनि नक्सामा राखेपछि बाबुरामको आपत्ति

काठमाडौं । भारतमा गएको आइतबार १५ अर्ब ५४ करोडभन्दा बढी भारतीय रूपैयाँ लागतमा निर्मित नयाँ संसद् भवनको उद्घाटन भयो। भर्खरै उद्घाटन गरिएको नयाँ संसद्...

बजेटबारे पूर्वअर्थमन्त्री खतिवडा- सरकारको स्वरुपजस्तै छ, कांग्रेसको दर्शन झल्किन्छ

‘प्रोत्साहन भत्ता मैले पनि हटाएको थिएँ, भोलिपल्टैबाट दबाव आउन थाल्यो’

सुत्केरी खोज्न जनप्रतिनिधि घर घरमा

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र  तीन...

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बसिरहेको छ। सिंहदरबारमा बसिरहेको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ...

कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घरमा अझै महिला सुरक्षित छैनन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।...

लुम्बिनी प्रदेश- कानुन बन्छन्, कार्यान्वयन हुँदैनन्

लुम्बिनी । जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पह...

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढा...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page