Khabar Dabali ११ असार २०७९ शनिबार | 25th June, 2022 Sat

हनुमाननगर कङ्कालिनीमा जनमत पार्टीका माझी विजयी

Krishi bikash bank
खबरडबली संवाददाता
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी  जनता समाजवादी  पार्टी (जसपा)का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरेका थिए ।
 
विसं २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी माझीले चार हजार ३६५ मत ल्याएका थिए ।
 
 १४ वडामध्ये उपप्रमुखसहित सात वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादव पुनः  छ हजार ५१२ मतका साथ निर्वाचित भएकी छन् । गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरेकी थिइन् ।   
 
ेवडाध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जित हासिल गरेको छ । 
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याम्पुको झोलमा मिसाएर ल्याइएको अवस्थामा १०० ग्राम सुन बरामद

काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।  त्रिभुवन अन्तरराष्ट्...

आफ्नै हजुरआमाको हत्या गरी खाल्डोमा पुरेर फरार रहेका खड्का पक्राउ

खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...

सैनिक कार्गो जहाज दुर्घटना ४ जनाको मृत्यु

मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ: गृहमन्त्री खाण

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घ...

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता: प्रधानमन्त्री देउवा

लुम्बिनी  । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै दे...

युक्रेन युद्ध पाँचौ महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना

किएभ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको  छ । युद्धले अनिश...

राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन्  । आजको बैठकमा सा...

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा...

नखोजिएका पुरातात्विक सम्पदा खोजौँ, सांस्कृतिक विरासतको समृद्धि फैलाऔँ : प्रधानमन्त्री देउवा

लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा द...

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा व...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page