काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गरेकी छन् भने उनका निकटतम नेपाली कांग्रेसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिइन् । नेपाल यसअघि पनि नगर उपप्रमुख थिइन् ।
नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी भएका छन् । नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।
नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छवटा वडामा विजयी हासिल गरेको थियो । यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०७९ - २१:५१
भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ...
आषाढ़ १५ गते, २०७९ - २१:४६
उलान बातोर । मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्...
आषाढ़ १५ गते, २०७९ - २१:४२
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएकी छन् । उनले उत्पादकत्व वृद्धि गरी कृषिलाई ...
आषाढ़ १५ गते, २०७९ - १५:३२
पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्त...
आषाढ़ १५ गते, २०७९ - १५:१५
जनकपुर । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित ...
आषाढ़ १५ गते, २०७९ - १४:५२
नयाँदिल्ली । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रम...
आषाढ़ १५ गते, २०७९ - १४:३२
काठमाडौँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ...
आषाढ़ १५ गते, २०७९ - १४:२१
बर्लिन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटि...
आषाढ़ १५ गते, २०७९ - १३:५५
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वीलीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राज...
आषाढ़ १५ गते, २०७९ - १३:२९
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफ...
प्रतिकृया लेख्नुहोस्: