रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेक छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए ।
उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पु¥याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए ।
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । उनले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताए ।उनले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिए । उनले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताए ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताए । उनले शान्तिको सन्देश लिएर नेपाली र अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गरे ।
उनले पर्यटन मन्त्रालयमार्फत् सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताए । यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताए ।
उनले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गरे । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्मित यो विमानस्थल अन्तरराष्ट्रिय उडान सञ्चालनमा आएपश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प बन्नुका साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भई वायुयान उडान अवतरण हुन नसक्ने अवस्थामा छिमेकी मुलुकमा पु¥याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।
सिद्धार्थनगर नगरपालिकामा अवस्थित यस विमानस्थललाई नेपालको एक बहुआयामिक आयोजनाको रुपमा लिइएको जनाउँदै उनले यो गौतमबद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुकासाथै विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम भएको जनाए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।
अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् । यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: