काठमाडौं । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।
मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले राससलाई जानकारी दिए ।
कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए। दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।
नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।
स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।
नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए।
नियोकले मङ्गलबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्मरूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १८:००
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...
जेष्ठ १३ गते, २०८३ - १७:४८
काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - १७:४१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...
जेष्ठ १३ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
जेष्ठ १३ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...
जेष्ठ १३ गते, २०८३ - १६:२६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...



प्रतिकृया लेख्नुहोस्: