एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् । देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो ।
यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्यान जोखिममा पार्नेलाई देख्ना साथ गोली हान्न आदेश दिएको छ ।
यही साता प्रदर्शनकारीहरूले राजापाक्षको पुस्तौनी घर नै जलाइदिएका थिए । बुधबार एक ट्वीट गर्दै राजापाक्षले सर्वसाधरणसमक्ष आह्वान गरेका छन् ,‘म सम्पूर्ण श्रीलंकनवासीहरुलाई देशलाई जातीय तथा धार्मिक हिंसातर्फ धकेल्ने प्रयासलाई अस्वीकार गर्न आह्वान गर्छु । संयम, सहिष्णुता र सहअस्तित्वको प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्छ ।’
राजापाक्षले यस्तो धम्की के आधारमा दिए भन्ने प्रष्ट पारेनन् । तर श्रीलंकाले विगतमा दशकौँ लामो हिंसात्मक जातिय द्वन्द भोगिसकेको इतिहास छ । सन् २००९ मा २६ वर्षदेखि अल्पसंख्यक तमिल समुदायले चलाइरहेको सशस्त्र द्वन्द्व अन्त्य हुँदा महिन्दा राजापाक्ष देशका राष्ट्रपति थिए । सेनाले तमिल विद्रोही लडाकूलाई हराएपछि युद्ध अन्त्य भएको थियो ।
२.२ करोड जनसंख्या भएको श्रीलंकामा बहुसंख्यक बौद्धमार्गी सिन्हाला झण्डै ७५ प्रतिशत छन्। तमिल हिन्दू, मुस्लिम र क्रिश्चियन प्रमुख अल्पसंख्यक समुदाय हुन्। सोमबारको हिंसापछि देशभर लागु हुने कफ्र्यु बुधबारदेखि खुल्ने कुरा थियो । तर सरकारले बुधबार कर्फ्यु पुनः २४ घण्टा बढाएको छ ।
कर्फ्यु र सार्वजनिक सम्पतिमा हानी पुर्याउनेलाई गोली हान्ने आदेश माझ पनि मंगलबार प्रदर्शनकारीले राजापाक्षको एक आफन्तको विलासी होटल जलाएर नष्ट गरिदिए । –अल जजिराबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: