Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

भारतले भन्यो: श्रीलङ्कामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन

खबरडबली संवाददाता

नयाँ दिल्ली । भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । 

श्रीलङ्काले तीव्र खाद्यान्न र बिजुलीको अभावसँगै आर्थिक सङ्कटका कारण छिमेकी तथा अन्तर्राष्ट्रिय संघसंगठनहरूसँग सहयोग माग्न बाध्य भएको छ । पछिल्लो आर्थिक अवस्थाले प्रधानमन्त्री महिन्दा राजपाक्ष र राष्ट्रपति गोटबाया राजपाक्षको राजीनामा मागसहित ठूलो समूहले विरोध प्रदर्शन गरिरहेको छ । 

“भारतले श्रीलङकामा आफ्नो फौज पठाएको बारेमा केही सञ्चारमाध्यममा समाचारहरू आएको र यसलाई उच्च आयोगले स्पष्ट रूपमा अस्वीकार गर्न चाहन्छ, भारतीय मिसनद्वारा जारी एक ट्वीटमा भनिएको छ । 

ट्वीटमा भनिएको छ, “यी रिपोर्ट र विचारहरू पनि भारत सरकारको श्रीलङ्काको नीतिअनुरूप छैनन् ।”

भारतको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार भारत श्रीलङ्काको लोकतन्त्र, स्थिरता र आर्थिक पुनःस्थापनामा पूर्ण समर्थन गरिरहेको बताएका थिए । 

भारतले केही श्रीलङ्काली राजनीतिक व्यक्ति र उनीहरूका परिवार भारत भागेका छन् भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित अफवाहहरूको खण्डन गरेको भारतीय अधिकारीले जनाएका छन् ।

श्रीलङ्काले मंगलबार देशका सशस्त्र फौजलाई एक दिन हिंसात्मक द्वन्द्वपछि सार्वजनिक सम्पत्ति लुट्ने वा अरूलाई हानि पु¥याउने जोसुकैमाथि कारबाही गर्ने आदेश जारी गरेको छ । राष्ट्रपति गोटबाया राजपाक्षले पनि नागरिकहरूलाई शान्त रहन र अरूविरुद्ध हिंसा र बदलाको कार्य नगर्न आग्रह गरेका छन् । 

सरकार समर्थक समूहले सोमबार सरकार विरोधी प्रदर्शनकारीसँग झडप गरेपछि देशमा विभिन्न हिंसात्मक घटना भएका छन्। यस क्रममा आठ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए । सोमबारदेखि बुधबारसम्म देशव्यापी कर्फ्यू लगाइएको थियो र कानुन र सुव्यवस्था कायम गर्न सैनिक खटाइएको थियो। हिंसात्मक विरोध प्रदर्शन चर्किएसँगै महिन्द राजपाक्षले सोमबार श्रीलङ्काको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending